site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्थिक मार र चोटले चिन्तित गोलबजार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा यसपटक काठमाडौं उपत्यकाबाहिरका पाँच टिमले प्रतिस्पर्धा गरिरहेका छन् । इतिहासमै पहिलोपटक उपत्यकाबाहिरका यति धेरै क्लबको सहभागिता रहेको लिगको चौथो चरणसम्मका खेलहरू समाप्त भइसके ।

प्रतियोगिताका निम्ति उपत्यकाबाहिरबाट आएका पाँचमध्येको एउटा टिम हो, नेपालको पूर्वी जिल्ला सिरहामा आधारित गोलबजार फुटबल क्लब । लिगको चौथो चरणका खेल खेलिसक्दा गोलबजार दुई अंकसहित तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत छ । पहिलोपटक अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग संरचनामा प्रतिस्पर्धा गरिरहेको गोलबजारले जितको तीन अंक जोड्न सकेको छैन ।

लिगका लागि काठमाडौं उपत्यका आउनुअघि टिमले तयारीका निम्ति पर्याप्त समय पाएन । एन्फाले पटक–पटक लिगको मिति सारेको थियो । त्यसबाट आजित बनेका क्लबका पदाधिकारी चैत २२ गतेदेखि लिग सुरु हुन्छ भन्नेमा ढुक्क थिएनन् । चैत चौथो सातादेखि लिग सुरु हुने निश्चित हुँदा टिमले प्रशिक्षण थालेको पाँच दिन मात्र पुग्दै थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

golbajar-main-1714188970.jpg
अधिकांश स्थानीय खेलाडीमा निर्भर छ, गोलबजार । टिम काठमाडौं ओर्लंदा ‘बी’ डिभिजन लिगमा उक्लने लक्ष्य थियो । यसका केही खेलाडी गोलबजार नगरपालिकामा जागिरे छन् । जागिरे खेलाडीलाई नगरपालिकाले लिग खेल्ने अनुमति नदिँदा क्लबले लक्ष्यानुसारको प्रदर्शन गर्न सकेको छैन । चोट र अनुभवी खेलाडीको अभाव क्लबको चिन्ताको विषय बनेको छ ।

“आशाअनुसारको खेल भइरहेको छैन । लिग हुन्छ/हुँदैन भन्नेमा निकै दुविधा थियो । दुईतीनपटक मिति परिवर्तन हुँदा त्यसले पनि हाम्रो तयारीमा असर पुग्यो । मिति तय भइसकेपछि हामीलाई आर्थिक दबाब थपियो । आर्थिक संकट हुँदा चारपाँच दिन मात्र प्रशिक्षण गरेर आएको हौँ,” क्लबका अध्यक्ष तथा व्यवस्थापक विवेक राईले बाह्रखरीसँग भने, “हाम्रा केही खेलाडी घाइते पनि छन् । हाम्रा केही खेलाडी उतै नगर प्रहरीमा छन् । नगरपालिकाले उनीहरूलाई नछोड्दा टिमले राम्रो गर्न सकिरहेको छैन । लक्ष्य ‘बी’ चढ्ने नै थियो । यो तरिकाले ‘सी’मै टिक्न पनि गाह्रो देखिएको छ । आफ्नै खेलाडी ल्याउन नसक्दा पनि दुःख लागिरहेको छ ।”

Global Ime bank

हुटहुटीले ‘सी’ डिभिजन लिगमा 
गोलबजार नगरपालिकालाई आधार बनाएर फुटबल गतिविधिलाई अघि बढाएको क्लब ०७८ सालमा पहिलोपटक ‘सी’ डिभिजन लिगका निम्ति काठमाडौं उपत्यका उक्लिएको थियो । लिगमा आउनुअघि नै स्थानीय क्षेत्र र छिमेकका जिल्लामा हुने प्रतियोगिताहरूमा गोलबजारको नियमित सहभागिता रहन्थ्यो ।

नेपालको लिगमा सिरहाको टिम नदेखेपछि अध्यक्ष राईसँगै क्लबका पदाधिकारीमा गोलबजारलाई एन्फाको लिग संरचनामा चढाउने हुटहुटी जाग्यो । त्यही हुटहटीमा क्लबले ०७८ मा पहिलोपटक ‘सी’ डिभिजन छनोट खेल्यो । गोलबजारको पहिलो प्रयास भने सफल भएन । क्लबले छनोटको पहिलो चरण पार गर्‍यो । तर, दोस्रो चरणबाट अघि बढ्न सकेन । खेलाडी रित्तो हात घर फर्किए ।

पहिलो प्रयास असफल भए पनि नेपालको लिग खेल्ने क्लबको आकांक्षालाई अध्यक्ष राईले मर्न दिएनन् । ०७९ मा गोलबजार ‘सी’ डिभिजन लिगका निम्ति दोस्रोपटक काठमाडौं उत्रियो । अधिकांश खेलाडी स्थानीय भए पनि उनीहरूको दोस्रो प्रयास खेर गएन । गोलबजारको लक्ष्य पूरा भयो । क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उक्लियो ।

golbajar-3-1714189042.jpeg
“केटाहरूले यता (सिरहा)बाट लिगमा कुनै पनि टिम भएनन्, हामी जाऊँ भनेर भन्न लागे । त्यही हुटहुटीले दोस्रो प्रयासमा लिगमा उक्लियौँ,” अध्यक्ष राई थप्छन् ।

तर, यो उपलब्धि जोगाउन क्लबसामु ठूलो चुनौती छ । चर्को आर्थिक दबाब छ । क्लबले स्थानीयस्तरमा उल्लेखनीय प्रायोजन समेत पाउन सकेन । पुल्चोकको एउटा घर भाडामा लिएर टिम बसिरहेको छ । शुभचिन्तकबाट प्राप्त हुने चामल, दालजस्ता सहयोगले क्लब टिकिरहेको छ ।

“हाम्रोतिर आफ्नो क्लबलाई प्रायोजन गर्नुपर्छ भन्ने मानसिकता अझै बनिसकेको छैन । खेललाई पनि अघि बढाउनुपर्छ भन्ने सोच नै विकसित हुन सकेको छैन । तर, मारुती सिमेन्टले र गोलबजार नगरपालिकाले केही आर्थिक सहयोग गरे,” उनी भन्छन् ।

उनले अगाडि थपे, “क्लब खोल्दा नेपालको लिग संरचनाको त्यति धेरै आइडिया थिएन । ‘सी’मा छनोट भएपछि एन्फाले हेर्छ भन्ने मानसिकता थियो, त्यस बेला । यहाँ त पैसा नहुनेको केही नहुने रहेछ । यदि, हामी आर्थिक रूपमा सक्षम हुन्थ्यौँ र टिमको तयारीमा दुईतीन महिना समय दिन सक्थ्यौँ भने हाम्रो प्रदर्शन र नजितामा धेरै फरक हुने थियो ।”

golbajar-mamager-1714189077.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !