site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ऋतिक र अभिलाषालाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । 

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ऋतिक र अभिलाषाको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–१, ७–५ को सोझो सेटमा पराजित गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भेट्रानमा दोहोरो स्वर्ण जिते । जितेन्द्रले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् । सिंगल्सको फाइनलमा जितेन्द्रले सन्तोष खत्रीलाई ३–६, ६–३ १०–३ को सेटमा हराए । जितेन्द्रले इलम दिक्षितसँग मिलेर अनिल साइ र सिमान्त गुरुङको जोडीलाई ३–६, ७–५, १०–७ को सेटमा डबल्सको फाइनलमा पाखा लगाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो बने । उनले फाइनलमा कर्मा घलेको चुनौती ६–०, ६–१ ले समाप्त पारे ।

Global Ime bank

भेट्रानमै विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण चुमे । ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले बाजी मारे । उनले फाइनलमा प्रदीपबहादुर शाहमाथि ६–२, ६–१ को जित दर्ता गरे । उक्त स्पर्धाको डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा धुन्डुपको जोडीलाई फाइनलमा ६–१, ७–५ को सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई सीधा सेटमा ६–२, ६–२ ले पाखा लगाए । सो स्पर्धाको डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी च्याम्पियन भए । उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–१, ६–४ को सोझो सेटमा पन्छाए । 

प्रतियोगिताको अन्तिम दिन पुरुष/महिलाको सिंगल्स फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्ने । अभिलाषा विष्ट र सुनिरा थापाबीच महिला सिंगल्स उपाधि भिडन्त हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !