site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
महामारीका बीच एप्पलले नयाँ डिभाइस लन्च गर्यो तर त्यसमा आइफोन १२ छैन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । फाइभ–जी प्रविधि युक्त फोन नल्याए पनि एप्पल कम्पनीले आफ्ना ग्राहकहरुलाई निराश नपार्न विभिन्न नयाँ डिभााइसहरु लन्च गरेको छ । मंगलबार कम्पनीले एप्पल घडीका लेटेस्ट भर्जन र नयाँ आइप्याड तथा विभिन्न नयाँ सेवाहरुबारे घोषणा गरेको हो । तर सबैभन्दा प्रतिक्षित नयाँ आइफोन १२ भने समारोहमा कतै देखा परेन । 

यस वर्ष कोभिड महामारीका कारण आपूर्तिमा समस्या भएकाले आगामी आइफोन १२ का लागि ग्राहकहरुले अझै केही समय पर्खिनुपर्ने कम्पनीले बताएको छ । केही विशेष पाठपूर्जाहरुको आपूर्तिमा कमी आएपनि पछिल्ला केही महिना उत्पादन क्षमतामा ठूलो सुधार आएको हुँदा आइफोनबारे सकारात्मक रहन एप्पलले बताएको छ । यस सम्बन्धी रेटिकल रिसर्चका प्रमुख विश्लेषक रस रुबिनले भनेका छन्, “आइफोन १२ का नयाँ फिचरहरु यसका लागि छुट्टै लन्च समारोह आयोजना गर्न पर्याप्त हुन सक्छ ।” त्यसैले पनि यसको प्रतिक्षा गरे अनुरुप फल पाउने आशा गर्न सकिने उनले बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राविधिक विद्हरुको अनुमानमा अबको नयाँ एप्पल फोन फाइभजी क्षमतायुक्त पहिलो आइफोन हुनेछ । सामसुङले एक वर्ष अगाडिदेखि नै फाइभजी प्रविधि भएको मोबाइल फोन विक्री गर्न सुरु गरेको थियो । 

एप्पलको नयाँ ग्याजेट अन्र्तगत सिरिज ६ को घडीमा फिटनेस सम्बन्धी नयाँ फिचरहरु उपलब्ध गराइएको छ जसले हाम्रो शरीरमा अक्सिजनको मात्रादेखि हात धुने समय, तरिका अनि घरमै गरिने शारीरिक अभ्यासहरुमा मद्दत पुर्याउने बताइएको छ । यसमा भएको एलइडी लाइट र मुनि पट्टीको ‘फोटो सेन्सर’ ले प्रयोगकर्ताको रगतमा कति मात्रामा अक्सिजन छ भन्ने पत्ता लगाउन गर्न सक्नेछ । तर यो मेडिकल प्रयोजनका लागि भने नभएको कम्पनीले जनाएको छ । यसको मूल्य ३९९ डलरदेखि सुरु हुन्छ । र यो वाच सिरिज महङ्गो लाग्नेहरुका लागि एप्पलले सिमित फिचर भएको सस्तो भर्जनका घडीहरु पनि ल्याएको छ । 

Global Ime bank

त्यस्तै ८ औँ पीढीको नयाँ आइप्याडमा भने ब्याट्री सम्बन्धी फिचर सबैभन्दा आकर्षक मानिएको छ । साथै यसको ग्राफिक्स अनि प्रोसेसिङ गति पनि छिटो बनाइएको छ र क्यामरामा पनि सुधार गरिएको कम्पनीले जनाएको छ । यसको डिस्प्ले १०.२ इन्चको छ । यसमा प्रयोग गरिएको ए१२ बायोनिक चिप अत्यन्तै शक्तिशाली भएको एप्पलले दाबी गरेको हो ।  सिएनएन  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC