site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइटडान्सले भन्यो–टिकटक बेच्ने योजना छैन

बेइजिङ्ग । अमेरिकाको नयाँ कानुनमा कि टिकटकलाई बेच्नुपर्ने कि चाहिं अमेरिकामा रोक लाग्ने व्यवस्था भए पनि टिकटकको सञ्चालक कम्पनीले भने आफ्नो एप बेच्ने योजना नभएको जनाएको छ ।

टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्सले सो एप बेच्ने आफ्नो योजना नभएको जनाएको हो । बाइटडान्सले आफ्नो आधिकारिक एकाउन्ट टोउटिआओ नामको सोसल प्लेटफर्मका सो कुरा उल्लेख गरेको हो । यसअघि टिकटकले असंवैधानिक अमेरिकी कानुनविरुद्ध अदालतमा जाने बताएको थियो ।

“बाइटडान्सले टिकटक बेच्दैछ भनेर विदेशी मिडियामा आएका समाचार सत्य होइनन्,” सो कम्पनीले भनेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro