site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टीभीएसको नयाँ अपाचे आरटीआर १६० नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपाली ग्राहकहरूमा टीभीएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरूमाझ लोकप्रिय ब्रान्ड समेत रहेको छ ।

नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डीएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्ने र राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गरेको कम्पनीले दाबी गरेको छ ।

टीभीएस अपाचे आरटीआर १६० मा दुई किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टू–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

Dabur Nepal
NIC Asia

“२००५ मा पहिलोपटक लन्च गरिएको टीभीएस अपाचे, ६० भन्दा बढी देशहरूमा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको हो । टीभीएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै, फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टू रोड अवधारणामा आधारित निर्माण र परिष्कृत शृंखलाले रेसिङको परिवर्तनमा योगदान पुर्‍याएको छ,” विज्ञप्तिमा भनिएको छ । गत वर्ष यसको पाँच मिलियन बिक्री अंक पार गरेर सोही कुरालाई पुष्टि गरेको छ ।

प्रिमियम, टीभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लील नेपालमा द्रुत वृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको बताए । जसमा अहिले विश्वभर ५० लाखभन्दा बढी सदस्यहरू संग्लग्न रहेको उनको भनाइ छ । 

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसले गुणस्तर बढाउनुका साथै समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्ट एक्सोनेट टीएमसहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको कम्पनीले जनाएको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा एसओएचसी एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले छ । यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

२०२४ टीभीएस अपाचे आरटीआर १६०–म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरी पाँचवटा रंगमा उपलब्ध हुनेछ ।  जसको मूल्य तीन लाख पाँच हजार ९०० रुपैयाँ रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro