प्रविधि
काठमाडौं । एक्स अर्थात् पहिलेको ट्विटरलाई टक्कर दिन मेटाले सार्वजनिक गरेको थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ करोड पुगेका छन् । फेब्रुअरीमा १३ करोड रहेका थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता हालसम्म १५ करोड पुगेका हुन् ।
कम्पनीका संस्थापक मार्क जुकरबर्गले २०२४ को पहिलो त्रैमासको विवरण सार्वजनिक गर्दै यस्तो बताएका छन् । थ्रेड्सले मास्टडनले जस्तो डिसेन्ट्रलाइज्ड प्रोटोकल एक्टिभिटीपबलाई इन्टिग्रेट गर्ने काम थालेको छ ।
गत मार्चमा कम्पनीले अमेरिकाका १८ वर्षमाथिका प्रयोगकर्ताको अकाउन्ट अन्य सर्भरमा पनि देखियोस् भन्ने किसिमले फेडिभर्समा कनेक्ट गर्न मिल्ने बनाइदिएको थियो । सन् २०२३ को जुलाई ५ मा थ्रेड सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१ १२:२७
प्रतिक्रिया दिनुहोस्