site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘नेपालले सन् २०३५ मा विश्वमै सस्तोमा हाइड्रोजन उत्पादन गर्न सक्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले आउने दिनहरूमा व्यावसायिकरूपमा ठूलो मात्रामा हाइड्रोजनको उत्पादन गर्न सक्ने आकलन गरिएको छ । नेपालमा जलविद्युत्‌को पर्याप्त सम्भावना रहेकाले हाइड्रोजन उत्पादन सहज र सस्तो हुने देखिएको छ ।

जीवाश्म इन्धनको प्रयोगले पृथ्वी जलवायु परिवर्तनको चपेटामा परेको छ । वैश्विक तापमान २ डिग्री सेल्सियसले बढेमा पृथ्वीमा ठूलो संकट निम्तिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

जीवाश्म इन्धनको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । कोइला र पेट्रोलियम इन्धनलाई पूर्णरूपमा विस्थापन गर्ने स्वच्छ एवं हरित ऊर्जाको विकल्प हाइड्रोजन नै हुने सरोकारवालाहरूको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिजुलीको माध्यमबाट पानीलाई टुक्र्याएर उत्पादन गरिने भएकाले हाइड्रोजनको उत्पादन नेपालमा विश्वकै सस्तो हुने आकलन गरिएको छ ।

काठमाडौं विश्विद्यालयको हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले विश्वका अन्य देशको तुलनामा नेपालले सस्तोमा हाइड्रोजन उत्पादन गर्न सक्ने बताएका हुन् ।

Global Ime bank

नेपालका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ (इप्पान)ले आयोना गरेको हिमालयन हाइड्रो एक्स्पो–२०२४ को टेक्निकल सेसनमा बोल्दै थापाले जटिलता रहे पनि सबै पक्ष मिलेर अघि बढे असम्भव पनि नरहेको बताए ।

n-1714136520.jpg
 

एक बेलायती अनुसन्धान फर्म पीडब्लयूसीको रिपोर्टलाई उद्धृत गर्दै थापाले भने, “सन् २०३५, जब विश्वलाई सबैभन्दा धेरै हाइड्रोजन ऊर्जाको आवश्यकता हुनेछ, त्यतिबेला नेपाल विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सक्नेछ ।”

हाइड्रोजनको उत्पादन गरेर यसलाई हाइड्रोजन गाडीमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यसबाहेक सिमेन्ट उद्योग, एमोनिया बनाउन, ऊर्जा सञ्चित गरेर राख्न र अन्य औद्योगिक प्रयोजनका लागि हाइड्रोजन उत्पादन गरेर नेपालले निर्यात गर्न सक्ने थापा बताउँछन् ।

थापाका अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल दूरसञ्चार प्राधिकरणसँग मिलेर एमोनिया उत्पादनका लागि समेत कदम चालेको छ ।

नेपालमा खेर जाने समयको विद्युत्‌लाई हाइड्रोजन उत्पादन गरेर भण्डारण गरेर आवश्यक परेको बेला प्रयोग गर्न सकिन्छ । नेपालमा हाल १,३५० मेगावाट जीवाश्म इन्धन बालिने गरेको छ ।

“त्यो ठूलो बजार हो, त्यसलाई हाइड्रोजनले क्याप्चर गर्न सक्छ,” उनले भने ।

नेपालमै स्टिल उत्पादन, मल कारखाना सञ्चालनलगायत प्रोजेक्ट सञ्चालन गर्न सकिने उनको भनाइ छ । उनले भविष्यमा नेपाल हाइड्रोजको हब बन्न सक्ने सम्भावना रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय