site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सरकारको कारण इन्टरनेटको निरन्तरता हाम्रो हातमा रहेन : आइस्पान

काठमान्डौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवाको निरन्तरता र गुणस्तरको सुनिश्चितता आफ्नो हातबाट गुमेको बताएको छ । सरकारले जबर्जस्ती गरेर तिर्न नपर्ने पैसा तिर्न दबाब दिएका कारण यस्तो स्थिति बनेको आइस्पानको भनाइ छ । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधीर पराजुलीले आफूहरूले कुनै पनि पैसा तिर्न बाँकी नरहेको दाबी गरे । उनले भने, “संसद् र अदालतबाट समेत तिर्न नपर्ने भन्ने कुरामा सरकारले तिर कि तिर भनेर दबाब दिइरहेको छ ।”

Dabur Nepal
NIC Asia

बक्यौता नतिरेको भन्दै सरकारले विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस नगरेको उनले बताए । भारतबाट आयात गरेको ब्यान्डविथको पैसा नौ महिनासम्म तिर्न नपाएका कारण इन्टरनेट सेवाको सुनिश्चितता गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

“एयरटेल, टाटालगायतलाई नौ महिनासम्म पैसा नतिर्दा सम्झौता नै रद्द हुने अवस्थामा पुगेको छ,” आइस्पनका अध्यक्ष पराजुलीले भने, “नेपालभित्र दिइरहेको इन्टरनेट सेवाको निरन्तरतता र गुणस्तर हाम्रो हातमा रहेन ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro