site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना परीक्षणको दायरा बढाइँदै
Sarbottam CementSarbottam Cement

कास्की । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा परीक्षणको दायरा बढाइने भएको छ । पछिल्लो समय अन्य प्रदेशमा सङ्क्रमित बढेको तथा आगामी दिनमा विदेशबाट समेत नेपालीलाई उद्धार गरी ल्याउने अवस्थालाई मध्यनजर गरी पीसीआर परीक्षणको दायरालाई अझ फराकिलो बनाउने तयारी प्रदेश सरकारले गरेको छ । 

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, मन्त्रालयका सचिव तथा स्वास्थ्य निर्देशनालयका निर्देशक, स्वास्थ्यकर्मीलगायतको बिहीबार बसेको बैठकले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउने र आपूर्ति वृद्धि गर्ने निर्णय गरेको जनाइएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएका, आरडीटी पोजिटिभ आएकालगायतकाको परीक्षण प्रोटोकलअनुसार पीसीआर गरिँदै आएकामा अब प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी, नमुना संकलक, आकस्मिक कक्षका कर्मचारीलगायतको समेत परीक्षण सुरु गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।  स्वास्थ्यकर्मीको हालसम्म परीक्षण नगरिएकाले समेत उनीहरुको तत्कालै परीक्षण सुरु गरिने जनाइएको छ ।
 
 त्यसैगरी छिमेकी मुलुक भारत तथा विदेशमा अलपत्र परेकाहरुलाई आगामी दिनमा सरकारले उद्धार गरेर ल्याएको अवस्थामा उनीहरुको समेत परीक्षण गर्न पीसीआर परीक्षण किट तथा केमिकल आपूर्ति वृद्धि गर्नेबारे समेत अहिलेबाटै योजना बनाइएको उनले जानकारी दिए । प्रदेशमा हालसम्म एक हजार ५२० को पीसीआर विधिबाट परीक्षण गरिएकामा त्यसलाई वृद्धि गरेर तीनदेखि चार हजारसम्म पुर्‍याउने योजना रहेको निर्देशक शर्माले  जानकारी दिए । 

उनले भने, “भारतबाट आउने र अन्य मुलुकबाट सरकारले उद्धार गरेर ल्याउने नेपालीको पीसीआर परीक्षणलाई लक्ष्य गरेर अहिलेबाटै आपूर्ति बढाउने बारेमा छलफल गरेका छौँ । परीक्षण सामग्री माग गर्ने, कति किन्‍नेबारे समेत योजना बनाएका छौँ र हालको परीक्षणको दायरालाई अझ फराकिलो बनाउँछौँ ।”

Global Ime bank

विदेशमा भिसा समस्यामा परेकालगायत अप्ठ्यारोमा परेका ६ हजार जतिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थाका सम्बन्धमा समेत छलफल गरी गण्डकी प्रदेशमा आउने सम्भावित ९०० जनाको परीक्षणका लागि तयारी गर्नेबारे समेत योजना बनाइएको बताइन्छ । प्रदेशमा सङ्क्रमित बढेको अवस्थामा कम्तीमा पनि १५ हजारको परीक्षणको लक्ष्य राख्नुपर्ने बताइन्छ । प्रदेशमा हालसम्म छ हजार ९९८ जनाको आरडीटी गरिएको छ ।
 
प्रदेशमा अहिलेसम्म पाँच जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुईको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको जनाइएको छ ।  -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC