site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुल्मीका कोरोना संक्रमितको अवस्था चिन्ताजनक, अस्पताल भन्छ– ‘मृत्युको खबर गलत हो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक छ । उनको उपचार भइरहेको अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जनाएकाे छ । तर उनको स्वास्थ्य अवस्था भने जटिल रहेको अस्पतालले जनाएको हो । 

सामाजिक सञ्जालमा अस्पतालमा उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको खबर गलत रहेको भन्दै विज्ञप्तिमार्फत खण्डन गरेको हो । कोरोना संक्रमित ती व्यक्तिको मृत्यु भएको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण भएका थिए । अस्पतालले यो समाचार गलत, भ्रामक र अतिरञ्जित भएको पनि विज्ञप्तिमार्फत जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालमा उपचार गराइरहेका ती पुरुषको मृत्युको गलत समाचारले अनावश्यक त्रासको वातावरण सृजना भएको हुँदा गलत समाचारको पछि नलाग्न सबैलाई अस्पतालले अपिलसमेत गरेको छ । ती व्यक्तिको अहिले क्रिमसन अस्पतालको आईसीयू कक्षको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ती व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ती व्यक्तिलाई ज्वरो देखिएपछि गत जेठ  १ गते रूपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।  अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती व्यक्तिको स्वाब संकलन गरेर जेठ २ गते भैरहवा अस्पतालको प्रयोगशालामा पठाएको थियो । उनको रिपोर्ट जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC