site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट तङ्ग्रिँदै न्युयोर्कका नेपाली
Sarbottam CementSarbottam Cement

बस्टन (अमेरिका) । न्युयोर्कमा कोरोना संक्रमणको दर र अस्पतालमा भर्ना हुने मानिसको संख्या घटेसँगै संक्रमित नेपालीहरूको निको हुने क्रम पनि बढ्न थालेको छ । सामाजिक क्षेत्रमा सक्रिय नेपाली संस्थाका प्रतिनिधिहरूले आजभोलि सहयोगका लागि आउने फोन उल्लेखनीय रूपमा घटेको जनाएका छन् । “दुई–तीन साता अघिसम्म हामीलाई टाइनलोल, थर्मामिटर र मास्क सहयोग गर्न आउने फोनकलहरू उठाउन र सहयोग परिचालन गर्न हामीलाई भ्याइ–नभ्याइ हुन्थ्यो,” अमेरिकामा सक्रिय जनसम्पर्क समिति अध्यक्ष आनन्द विष्टले भने, “अहिले त्यस्ता फोन एउटा अथवा दुईवटा मात्र आउँछ ।” अन्य राज्यमा बस्ने नेपालीहरूले न्युयोर्कमा भएका नेपालीहरूको सहयोगका लागि मेडिकल सामग्री, मास्क, ग्लोभ्स पठाउने क्रम जारी राखेका छन् । 

हरेक दिन अपराह्नअघि न्युयोर्कका गभर्नर तथा मेयरले दिने साक्षात्कार कार्यक्रममा गत सातादेखि हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेहरूको संख्यामा निरन्तर कमी आएको देखिएको छ । सामाजिक दूरी तथा शारीरिक दूरी र सेल्फ आइसोलेसनजस्ता उपायहरूले नयाँ संक्रमण र मृत्युका संख्या उल्लेख्य घटेको छ । गर्भनर एन्ड्र्यु कुमोले शनिबार दिएको जानकारीअनुसार हाल औसत संक्रमण प्रतिदिन ९ सय मात्र छ । त्यसैगरी मृत्यु संख्या पनि दैनिक औसत तीन सयजना छ । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनले उपलब्ध गराएको तथ्यांकअनुसार शनिबारसम्म न्युयोर्क राज्यमा मृत्यु हुनेको संख्या २४ हजार १ सय ९८ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डिस्चार्ज भएपछि होटलमा क्वारेन्टाइन 
न्युयोर्क सिटीले अस्पतालबाट डिस्चार्ज भएका र घरमा छुट्टै कोठा व्यवस्था गर्न गाह्रो हुनेलाई होटललगायतको आवासीय व्यवस्था गरेको छ । हस्पिटलबाट खतरामुक्त भई डिस्चार्ज भएका केही नेपालीलाई पनि होटलमा राखिएको गैरआवासीय नेपाली अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले बताए । अधिकारीका अनुसार सिटीले मेरिअट, प्लाजालगायत होटलमा राखी निको हुँदै गरेका बिरामीलाई आवश्यक परेको खण्डमा उपचार र खाने–बस्ने सुविधा दिइएको छ । यसरी होटलमै क्वारेन्टाइनमा सात नेपाली बसेका छन् । गत अप्रिलमा मेयर डी ब्लासियोले न्युयोर्कका बासिन्दा जे कोरोनासँग लडिरहेका छन् तर उनीहरू धेरै जनासँग मिलेर बस्नुपर्ने अवस्था छ र आइसोलेसनमा बस्न चाहन्छन्, उनीहरूका लागि करिब ११ हजार होटल रुम छुट्याउने बताएका थिए । परिवारलाई कोभिड १९ संक्रमित हुनबाट बचाउन चाहने हेल्थकेयर कर्मचारीलाई पनि ती होटलका कोठा उपलब्ध गराइने मेयर ब्लासियोले बताएका थिए । 

निको हुँदै सार्वजनिक गर्दै 
कोरोना भाइरस संक्रमण भएका बेलामा नेपालमा रहेका आफ्ना आफन्त र घरपरिवारलाई चिन्ता होला भनेर अरूलाई नभन्ने नेपालीहरूले अहिले खतरामुक्त र सन्चो हुन थालेसँगै भन्न थालेका छन् । रिजउड नेपाली समाजका पूर्वउपाध्यक्ष मिलन शाहीका अनुसार अधिकांश नेपालीले आफूलाई कोभिड लागेको कुरा लुकाउने गरेका छन् । सञ्चो हुनेहरूको कथा र आवश्यक होसियारी लिएका कारण धेरै नेपालीले कोभिड १९ लागे पनि घरमैं बसेर कोरोनालाई जितेको शाहीले बताए । 

Global Ime bank

११ वर्षीय नेपाली बालकलाई पनि कोरोना 
न्युयोर्कको क्विन्सममा बस्दै आएका एक ११ वर्षीय नेपालीलाई पनि कोभिड १९ लागेको छ । धेरै वयस्क तथा वृद्ध नेपालीलाई कोरोना संक्रमण भए पनि कोरोना लाग्ने बालबालिकाको चर्चा त्यति जानकारीमा नआएको शाहीले बताए । गोपनीयताका कारण आफ्नो परिचय नखुलाइदिन आग्रह गरेका ती बालकका अभिभावकले मेडिकल सामग्रीको माग पनि न्युजर्सीमा रहेका उनका आफन्तलाई भन्न लगाएरपछि न्युयोर्कका सामाजिक संस्थाका प्रतिनिधिबाट प्राप्त गरेको शाहीले बताए । 

विद्यार्थीहरूलाई सहयोग दिइँदै
विद्यार्थी भिसामा रहेका नेपालीहरूमा कोभिड १९ को बन्दाबन्दीका कारण स्वास्थ, आवास र खाद्यान्नको समस्या छ । अधिकांश विद्यार्थीलाई अहिले भाडा कसरी तिर्ने भन्ने समस्या छ । तर रकम अभावका कारण घरभाडा तिर्न समस्या परेका न्युयोर्कका बासिन्दलाई भाडा तिर्न नसकेका आधारमा निकाल्न नपाइने उक्त राज्यका गभर्नर कुमोले बताउँदै आएका छन् । दिनदिनैजसो आयोजना हुने अपडेट कार्यक्रममा गभर्नर कुमोले भन्ने गरेका छन्, भाडा तिर्ने पैसा छ भने दिनुपर्छ तर नभएका आधारमा घरबेटीले कोठा खाली गराउन पाउने छैनन् ।

एफवान स्टाटस् अर्थात विद्यार्थी भिसामा आएका नेपालीलाई घरघरमा गएर खाद्यान्न उपलब्ध गराइको विष्टले जानकारी दिए । विष्टका अनुसार गत साता पहिलो लटमा ४६ विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको थियो भने शनिबार थप ५६ विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC