site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सुरुङबाट हेर्न सकिने नायगरा फल्स (फोटो ब्लग) 

नायगरा फल्स (क्यानडा) । गत जुलाइ महिनादेखि नायगरा फल्सलाई पहिलोपटक यसको सुरुङ मार्गबाट पनि हेर्न सकिने व्यवस्था गरिएको रहेछ । 

USA (7).jpeg

नायगरा नदी किनारमा रहेको टनेलको मुखबाट देखिने दृष्य झन् मनमोहक नै छ । अमेरिका र क्यानडातर्फबाट देखिने दृष्य भन्दा फरक छ त्यहाँबाट देखिने दृष्य ।

Argakhachi Cement Island Ad

USA (6).jpeg

नायगरा फल्स हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले वार्षिक रुपमा झन्डै दुइअर्ब ४० करोड डलर बराबर खर्च गर्ने गरेका छन् जुन यहाँको स्थानीय अर्थतन्त्रको लागि उल्लेखनीय आम्दानी हो । 

USA (1).jpeg

नायगरा इकोनोमिक डेभलोपमेन्टका अनुसार वर्षेनी १ करोड ७० लाख मानिसले नायगरा फल्समा भ्रमण गर्ने गर्दछन् जसमध्ये अमेरिकाबाट ३० लाख मानिस र अरु देशबाट १० लाख मानिस यो विशाल झरना हेर्न आउने गरका छन् । 

USA (2).jpeg

पृष्ठभूमिमा नायगरा फल्सलाई राखेर सेल्फी खिच्ने, पारिवारिक वा व्यक्तिगत फोटोहरु खिच्ने खिच्न लगाउने, डीएसएलआर क्यामेरा बोकेर फोटो खिचिरहेका दृष्यहरु हर प्रहर सामान्य हुन् । 

USA (9).jpeg

रातमा पनि त्यहाँ रंगीचंगी प्रकाश दिइएको हुन्छ जसले नायगरालाई थप मनमोहक बनाइदिन्छ । विभिन्न समयमा हुने फायर वर्क्सले त नायगराको शोभालाई झन् बढाएको देखिन्छ । 

USA (3).jpeg

यस्ता गतिविधिले यहाँ आउने पर्यटकको बसाइको समयलाई लम्ब्याएको छ । समर सिजनका हरेका राति दश बजे फायर वर्क्स हुने गर्दछ ।  

USA (10).jpeg

स्वच्छ निलो आकाश र घमाइलो दिनमा त झन् त्यहाँ एकजोर इन्द्र धनुष नै देखिन्छन् । तल्लो इन्द्रेणी चम्किलो हुन्छ भने माथिल्लो इन्द्रेणी फिक्का हुन्छ ।  

USA (4).jpeg

USA (5).jpeg

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्