बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा सहायता सामग्री हस्तान्तरण
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

विराटनगर । वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका क्वारेन्टाइनलाई सामग्री सहायता गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्थाहरुसँगको सहकार्यमा कोरोना भाइरस प्रतिकार्य योजना अन्तर्गत जोखिममा रहेका बालबालिका, महिला तथा समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश १ र २ को मोरङ, सुनसरी, उदयपुर, रौतहट र महोत्तरी र सर्लाहीमा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको लागि गैर खाद्यन्न समाग्रीहरु जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेको हो । 

वर्ल्ड भिजनका पब्लिक इन्गेजमेन्ट डाइरेक्टर पुष्कर खाती भन्छन्, “हामीले स्थानीय तह तथा प्रदेश सरकारहरुलाई तत्काल सहयोगका निम्ती यी सहयोग गरेका हौँ । यस बाहेक सञ्चारक्षेत्रसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु देश भरि पुग्ने गरी संम्प्रेषण पनि गरिरहेको छ । वल्र्ड भिजन तीनै स्थानीय तहको सरकारसंगको सहकार्यमा आवश्कता अनुरुप समुदायको आवश्यकता सम्बोधान गर्न थप प्रतिकार्यको योजनाको तयारी पनि गरिरहेको छ ।”
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्