site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएल नभए खेलाडीमा आर्थिक र मानसिक असर पर्छ : उप्टन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अहिले विश्व क्रिकेटको ठूलो लिगमध्यको एक इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । आईपीएलको नयाँ मिति सार्वजनिक भएको छैन ।

विश्व क्रिकेटका ठूला हस्तीहरू सहभागी हुने क्रिकेट प्रतियोगिता नहुँदा त्यसको असर आयोजकलाई त पर्छ नै त्योभन्दा धेरै असर खेलाडीमा पर्छ । अझ भनौं भर्खरै क्रिकेट करियर सुरुआत गर्न लागेका खेलाडीमा धेरै असर पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आईपीएलको टिम राजस्थान रोयल्सका पूर्व प्रशिक्षक पाडी उप्टनले कोरोना भाइरसका कारण यदि यो सिजनमा आईपीएल नभएमा खेलाडीमा मानसिक तथा आर्थिक असर पर्न सक्ने बताएका छन् । 

“आईपीएल स्थगित भएमा ती खेलाडीलाई धरै असर पर्नेछ जसले भर्खरै मात्र क्रिकेट करियर सुरुआत गर्दै आईपीएल खेल्न लागेका थिए,” उप्टनले भने । 

Global Ime bank

भारतमा अहिले कोरोनाले ठूलो रूप लिएका कारण आईपीएल नै हुन सक्ने सम्भावना भने छैन । त्यस कारण आयोजकले आईपीएलको नयाँ मिति तय गर्ने योजना बनाएको छ ।

“स्वाभाविक रूपमा आईपीएल क्रिकेट वर्षको एक ठूलो प्रतियोगिता हो । यो प्रतियोगितामा क्रिकेट खेलाडीले आफ्नो करियरको विकास मात्र होइन आर्थिक रूपमा सम्पन्न हुने मौका पनि पाउँछन् । आईपीएल नै नहुँदा खेलाडीमा आर्थिक मानसिक असर पर्न जान्छ,” उप्टनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC