site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘रेड लाइन’मा नटेक्न अमेरिकालाई चीनको चेतावनी
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले अमेरिकालाई आफ्नो ‘रेड लाइन’मा नटेक्न चेतावनी दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले चीन भ्रमणमा रहेका अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँग शुक्रबार कुराकानी गर्दै त्यस विषयमा सचेत गराएका हुन् । उनले चीनको रेड लाइनको रूपमा सार्वभौमसत्ता, सुरक्षा र विकास भएको जनाउँदै त्यसमा खुट्टा नराख्न चेतावनी दिएका हुन् ।

वाङले दुई पक्षीय बैठकलाई एउटा प्रश्नबाट सुरु गरेका थिए, जुन चेतावनी जस्तो सुनिन्थ्यो । उनको प्रश्न थियो, “चीन र अमेरिका स्थिरताका साथ अगाडि बढ्नका लागि सही दिशामा जानुपर्छ कि फर्किन वा तल झर्नका लागि ?” चीन–अमेरिका सम्बन्ध स्थिर हुनेतिर काम सुरु भइरहेको छ तर अझै नकारात्मक तत्वमार्फत परीक्षण भइरहेको समेत उनले बताएका छन् । “दुवै देश सहयोग कि तनावबाट गुज्रनुपर्नेछ वा द्वन्द्वमा नै जानुपर्नेछ” उनको भनाइ थियो  ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले चीन र अमेरिकाबीचको सम्बन्धमा नकारात्मक तत्व अझै पनि बढिरहेको र बनिरहेको जनाउँदै यसकै कारण दुई देशको सम्बन्धले सबै किसिमका अवरोध सामना गर्नुपरेको जनाएका छन् ।

चीनको वैधानिक विकासको अधिकारबिना कुनै कारण दबाउन खोजिएको जनाउँदै आफ्ना प्रमुख चासोका विषयले चुनौती सामना गरिरहेको जनाएका छन् ।

Global Ime bank

ती चुनौतीका विषय के के हुन् भन्ने बारेमा भने वाङले खुलाएका छैनन् । अमेरिकाले हालै ताइवानलाई सहयोग दिने कानुन बनाएको र टिकटकलाई कि बेच्न कि अमेरिकामा रोक्नेसम्बन्धी कानुन बनाएकोमा चीनले केही दिनअघि मात्रै   अमेरिकाप्रति आक्रोश पोखेको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय