site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा
Sarbottam CementSarbottam Cement

विराटनगर । चौँथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब फाइनलमा पुगेको छ । 

विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा कोसी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । 

जितसँगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

जितका लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदीप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्त्वना गोल उज्जल राईले फर्काए ।

खेलको २९औँ मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन ।

Global Ime bank

दोस्रो हाफदेखि पेमा युवा क्बलले आक्रामक खेल्दै ४३औँ मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए ।  ६१औँ मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफपछि शौरव लिम्बूको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदीप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे । 

प्रतियोगिताको 'प्लेयर अफ द म्याच' पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले दुई लाख ११ हजार १ सय रुपैयाँ र उपविजेताले एक लाख ११ हजार १ सय रुपैयाँ पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !