एजेन्सी । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसी हाल विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन् । विश्व फुटबलका लिजेन्डरी फुटबलरहरूले मेसी र रोनाल्डोलाई बेला बेला तुलना गरेको सुनिन्छ र देखिन्छ पनि ।
यस्तै भर्खरै मात्र ब्राजिलका लिजेन्ड पेलेले मेसीभन्दा रोनाल्डो उत्कृष्ट भएको प्रतिकृया जनाएका थिए । त्यसपछि ब्राजिलकै स्टार खेलाडी काकाले रोनाल्डोभन्दा मेसी उत्कृष्ट भएको प्रतिकृया जनाएका थिए । जावि मेस्सीका पूर्व सहकर्मी पनि हुन् ।
“रोनाल्डो आफ्नो लेभलमा उत्कृष्ट छन् । उनीसँग धैर्यता गर्ने क्षमता भने मेसीभन्दा कम छ । मैले रोनाल्डिन्होको लेभलमा खेलाडी छन्नु पर्यो भने मेसीलाई नै छान्छु,” जावीले ग्लोबो इस्पोर्टसँगको कुराकानीमा भने ।
जावीले थपे, “मेसीको राम्रो इतिहास छ । रोनाल्डिनो क्लबमा हुँदाको समय पनि मेसी उत्कृष्ट नै थिए ।”
मेसीले यो सिजन बार्सिलोनाका लागि ३१ खेलमा २४ गोल गरेका छन् ।