site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीले रुन्चे सभापति देख्न चाहन्नौं, र प्रधानमन्त्री पनि !
SkywellSkywell

यो कार्यक्रम गर्न आवश्यक थियो । तर कसरी गर्ने भन्ने बारेमा हामीहरु अलमलमा थियौं । नेपाल सरकारले अहिले ठूलो भेला, सभाहरु नगर्न भनेको छ र पार्टीले पनि निर्णय गरेको छ । 

त्यसैले हाम्रो भेला गर्ने उद्देश्य पनि होइन । ठूलो संख्यामा चार पाँच सय साथीहरु भेला भएर नगरौं, केही १५–२० जना साथीहरुमात्रै आज कम्तिमा छलफल, बैठक गरौं भन्ने कुरा हाम्रो थियो । तर, खबर गर्दागर्दै आज अलि फराकिलो भयो । 

त्यसैले सल्लाह गरेर यसलाई सकेसम्म छोटो बनाऔं । यसको पछाडिको कारण के हो भने, हामीहरु अहिले कोरोनाको संक्रमणमा छौं । यो जति हामी यस्तोखाले भेलामा जान्छौं, जति आफूलाई एक्सपोज गर्छौं त्यति धेरै संक्रमणको जोखिम बढ्ने हो । 

Dabur Nepal
NIC Asia

किनकि यो कति छिटो सर्छ भन्ने कुरा हामीले अनुमान लगाउन सक्दैनौं । र, यो कुरामा हामी युद्धको ठ्याक्कै अगाडिको जस्तो अवस्थामा छौं । त्यो युद्ध नहुन पनि सक्छ, टरेर जान पनि सक्छ । तर, युद्ध हुने सम्भावना बढी छ । 

युद्धको यस्तो जोखिमको अगाडि भएको बेलामा यसको नेतृत्व मुख्य नेतृत्वले नै गर्ने हो । अहिलेको मुख्य नेतृत्व भनेको सरकार नै हो, प्रधानमन्त्री नै हो । सरकारले कहीँ कमी गर्‍यो भने त्यहाँ हामीले ध्यानाकर्षण गर्ने हो । कहीँ कमजोरी गर्‍यो भने सच्याउन लगाउने हो । 

यो गर्दैगर्दा कहीँ उसले कमीकमजोरी गर्‍यो, कतिपय ठाउँमा बेवास्ता गर्‍यो भने त्यो ठाउँमा हामीले आलोचना गर्ने हो, प्रश्न गर्ने हो, विरोध गर्ने हो । तर, हामीले सरकारलाई मद्दत नै गर्ने हो यो कुरामा । सरकार एक्लैलेमात्रै हामीलाई जोगाउन सक्दैन । पार्टीको रुपमा पनि हामीले मद्दत गर्नुपर्छ, नागरिकको रुपमा पनि हामीले मद्दत गर्नुपर्छ । र, अहिले हामी त्यही कुरा गरिरहेका छौं ।

प्रधानमन्त्रीले पनि यो बेलामा हामी सबैको मद्दत लिन पनि सक्नुपर्दछ । हामीले उहाँलाई मद्दत अफर गरिरहेका छौं, लिने हो ? र, सँगसँगै हामीले उहाँलाई यो ठूलो केही पनि भएको छैन, यत्तिकै टर्न पनि सक्छ । तर केही भयो भने हामीहरुको सिस्टमले कसरी यसलाई सामना गर्न सक्छ भन्ने कुरा हामीले सोचको भन्दा धेरै जोखिमको अवस्था हुन सक्छ । यो कुरामा हामी सबै सचेत पनि रहनु पर्छ । 

प्रधानमन्त्रीले मद्दत लिन पर्‍यो । यो बेलामा हामीलाई मद्दत गर भन्नुपर्छ, हामीले गर्नु पनि पर्छ । तर, भोलि गएर उहाँले अरुलाई सहयोग गरेन भन्न पाउनुहुन्न । 

पार्टी सभापतिको हकमा पनि त्यही हो । पार्टी चलाउने सन्दर्भमा हामी सबैले मद्दत गर्नुपर्छ । उहाँले मद्दत लिन सक्नु पनि पर्छ । पार्टी चलाउने चालकको जिम्मेबारीमा उहाँनै हुनुहुन्छ । उहाँले मलाई अर्कोले सहयोग गरेन, यल्ले गरेन, उल्ले गरेन भन्यो भने, त्यस्तोलाई हामी रुन्चे भन्छौँ । 

हामी प्रधानमन्त्री पनि रुन्चे भएको हेर्न चाहन्नौं, पार्टी सभापति पनि रुन्चे भएको हेर्न चाहन्नौँ । सभापतिले आप्mनो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । हाम्रो सन्दर्भमा पनि त्यही हो । 

यो बेलामा नेपाली कांग्रेसका निम्ति हाम्रो आफ्नो जिम्मेवारी छ । यतिबेला हामी यो राष्ट्रिय जोखिममा सरकारलाई मद्दत गरिरहेका छौं । पार्टीभित्रको यतिखेरको काम भनेको हाम्रो अधिवेशन नै हो । अधिवेशनमा हामी निर्वाचन गर्छौं । तपाईँहरु सबै फर्केर वडामा जानुहुन्छ । वडामा निर्वाचन लड्ने भनेको कल्लाई हराउने हो ? पार्टीभित्रैको अर्को साथीलाई ।

पार्टीभन्दा बाहिर अर्को पार्टीको साथीलाई हराउँदा आफ्नै मजा आउँछ र आफ्नै सजिलो पनि हुन्छ । आफ्नै पार्टीभित्र अर्को साथीसँग प्रतिष्पर्धा गर्नु, जित्नु र उसलाई हराउनु भन्ने कुरा आफैँमा गाह्रो छ । 

हामी तलदेखि यो प्राक्टिस गरेको हुँदा हाम्रो पार्टीभित्र हामी कहिलेकाहिँ लोकतान्त्रिक अभ्यासको सवल पक्षलाई पनि देख्छौं । यसले ल्याउने चुनौतीहरु पनि छ । त्यसकारणले गर्दा समूहहरु बन्छ । विचारका आधारमा गुट बन्छन् । निर्वाचनलाई हेरेर मात्रै पनि गुट बन्छन् । पार्टीभित्र समूहहरु बन्छ । तर, यस्तो निर्वाचनको पद्धतिमा के हो भने समूहहरु निर्माण भइसकेपछाडि जब पार्टीको सत्ताको निर्णय हुन्छ, पार्टीको जिम्मेवारी पाउने मान्छे खासगरी मुलतः सभापति । सभापतिको समूह हुनहुन्न । सभापतिको पूर्वसमूहमात्रै हुन्छ । 

अधिवेशन हुनभन्दा पहिला, सभापति हुनुभन्दा पहिला उहाँ यो समूहसँग नजिक हुनुहुन्थ्यो त्यो मिल्छ । अधिवेशन भइसकेपछि पनि सभापति एउटा समूहसँग रहिराख्न मिल्दैन । पार्टी सभापति सबैको हुनपर्छ । 

पार्टी सभापतिले सबैको हुने प्रयास गर्दा सबैले मद्दत पनि गर्नुपर्छ । यही कुरालाई लिएर हाम्रो अधिवेशनका कुराका सन्दर्भमा कतिपय अलमल भइसकेपछि आदरणीय नेता कृष्ण दाइकै नेतृत्वमा हामीले पार्टीलाई अधिवेशनमा लिएर जाने कुराको सन्दर्भमा जहाँ सभापतिमाथि दबाब सिर्जना गर्नुपर्ने हो त्यहाँ दबाब सिर्जना गर्न पनि गयौं । दबाद पनि सिर्जना गर्‍यौं । 

तर, दबाब सिर्जना गर्दैगर्दा नचुडियोस भन्नेतर्फ सचेत पनि रह्यौं । र, त्यसले एकै चोटी ठूलो द्वन्द्वको अवस्था पनि नल्याओस है भनेर । हामी एकठाउँमा बस्ने अवस्था नआउने गरी त्यस्तो अवस्था सिर्जना नहोस् भन्नेतर्फ पनि हामीहरु सचेत रह्यौँ । सचेततापूर्वक काम गर्‍यौं । त्यसले ठिकठाक पनि गरेको थियो । 

तपाईंहरुले देख्नुभयो, सभापतिजीले लगातार बैठक गर्दै जानुभयो । पार्टीको वरिष्ठ नेतालगायतका नेताहरुले, पार्टीकै निर्वाचित महामन्त्रीले समेत पनि बैठक बहिष्कार गरेको अवस्था रह्यो । 

तर, त्यस्तो अवस्थामा आदरणीय नेता कृष्ण सिटौलाले सभापतिजीलाई गएर भेटेर, एउटा पत्रै दिएर, लिखित रुपमा यो यो कमजोरी भएको छ त्यसलाई सच्याउनुस् तपाईं सभापति हो । आफू कतिपय सन्दर्भमा बैठकमा नगएर तर, सँगसँगै दुईटाको बीचमा संवाद गराउने लगातार प्रयास पनि गर्नुभयो । 

अन्तमा गएर उहाँको प्रयास रह्यो । अरु नेताहरुको पनि रह्यो । त्यो प्रयासबाट फेरि हामीहरु सबै जना बैठकमा गएर देशैभरी शानदार ढंगले ल कांग्रेस फेरि आप्mनै बीचका मनमुटाबहरु ताडेर, सक्काएर अधिवेशनको माहोल बन्यो भनेर गइसके पछाडि फेरि अहिले पार्टीभित्र एक पछि अर्को निर्णयहरु गर्दै जाने काम भएको छ । 

यत्रो लामो समय चार–चार वर्ष बित्यो । अधिवेशन सुरु भइसक्यो । क्रियाशील सदस्यता बाँड्न लागिसक्यो । अब अहिले आएर पार्टीका विभाग बनाउने, विभाग पनि कति संख्यामा बनाउने ? पार्टीको विधान लेखेको भन्दा दर्जनौं बढी विभागहरु बनाउने ? 

यो बेलामा विभाग बनाउने अनि त्यो विभाग चलाउने, विभागले गरेका निर्णयहरुमा सबैले थपडी बजाएर हो भन्दिनुपर्ने ? गलत । अहिले विभाग बनाउने कुरा गलत । विधान मिच्ने कुरा गलत । 

नवलपरासीमा पार्टीको विधान छ, विधानले यो यो कुरा गर्नुपर्छ भनिरहेको बेलामा विधान मिचेर पार्टीभित्र निर्णय गर्ने कुरा गलत । गलतलाई हामीले लगत भन्न सक्नुपर्छ । गलत भन्दै पनि आएका छौं । 

यसले के गर्‍यो ? यसले फेरि अधिवेशनको वातावरणलाई अलमलाई दिएको छ । नयाँ पार्टीबाट साथीहरु थपिएर आउनुभएको छ, हामीलाई खुशीको कुरा हो । हाम्रो ताकत बढेको छ । 

मैले थाहा पाएसम्म केही दिनभित्रै अर्को एउटा पार्टीबाट केही महत्वपूर्ण नेताहरु नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । 

केही नेतामात्रै प्रवेश गर्दै हुनुहुन्न, ठूलो संख्यामा पार्टीका साथीहरु प्रवेश गर्दै हुनुहुन्छ । त्यो पनि समायोजन हामीले गर्नुपर्छ । त्यो समायोजन गर्ने कुराले फेरि त्यसको नाममा हामीले कार्यतालिका पछाडि धकेलेको धकेल्यै गर्‍यौं भने त्यसले हाम्रो अधिवेशनलाई कहाँ लिएर जान्छ ? 

त्यसैले यो बेलामा आजको छलफल हामीले भन्नैपर्छ, पार्टी सभापति आजको दिनमा सबैभन्दा मुख्य उहाँको जिम्मेवारी अधिवेशन गराउने हो र उहाँको जिम्मा अधिवेशन गराउने कुराको सन्दर्भमा किन्तु, परन्तु केही पनि भन्न पाउनुहुन्न । उहाँको सफलता असफलता भनेको तोकिएको समयभित्र अधिवेशन गराउने कुराले निर्धारण गर्छ । 

त्यसैले लचक हुने काम पनि उहाँको हो । कतिपय कुरामा प्रतिष्ठाको विषय नबनाइकन सच्याउने उहाँको काम हो । अधिवेशनको वातावरण बनाउने काम उहाँको हो । म पार्टी सभापतिलाई यो कुराको लागि आग्रह गर्छु । 

पार्टीको महामन्त्रीलाई पनि आग्रह गर्छु, पार्टीको महामन्त्री सचिवालयको प्रमुख हो । यस्तो बेलामा पार्टीको महामन्त्रीले ढुक्कै जिम्मा लिएर पार्टी कार्यालय गएर, त्यहाँ बसेर महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्छ । 

अनि समायोजनको कुरा आयो । ३० वटा ३२ वटा जिल्लाको समायोजन भएको छैन भनेर मात्र पाइन्छ ? समायोजन भएको छैन भने खटेर पार्टी कार्यालय जानुपर्‍यो, त्यहाँ बस्नुपर्‍यो, फोन गर्नुपर्‍यो, नभए आफ्नो प्रतिनिधि पठाउनुपर्‍यो यति घण्टामा मलाई समायोजन चाहियो भन्नपर्‍यो । सक्नुपर्‍यो । फागनु १५ भित्र सक्ने भनेको हामीले, आज चैत लागिसक्यो । चैत मसान्तभित्र हाम्रा कार्यतालिका चल्यो भने त चल्यो । महामन्त्रीले पनि आफ्नो जिम्मा पूरा गर्नुपर्छ । 

हाम्रो भूमिका पार्टीको सभापतिले पनि विधानअनुसारको भूमिका निर्वाह गर्नुपर्छ, पार्टीको महामन्त्रीलगायत अरुले पनि विधानअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा वातावरण बनाउने आजको दिनको हाम्रो कर्तव्य हो । हामी हाम्रो कर्तव्य पूरा गर्छौँ । 

पार्टीभित्र बृहत्तर एकता चाहन्छौं । तर, त्यो एकताको आधार भनेको पार्टीको विधानको सर्वोपरिता हुनुपर्छ । विधान मिचेर होइन । विधानलाई पालना गरेर भएको एकतामा मात्र काम हुँदो रहेछ । 

हाम्रा पनि केही कमजोरी छन् । ती कमजोरीबाट हामीले सिकेका छौँ । हामीले पछिल्लो समयमा लगातार खासगरीकन निर्वाचन पछाडि एउटा कुरा लगातार उठाउँदै आएका छौं, सजिलोका लागि विधान मिच्ने काम नगरौं । तत्काल समझदारी हुन्छ भनेर विधान मिच्ने काम नगरौं । यसले समस्या ल्याउँछ–ल्याउँछ । 

हामी विधानको सर्वोपरितामा एकता चाहन्छौं । अधिवेशनको कार्यतालिका तलमाथि नहोस् भन्ने चाहन्छौँ । संविधानको परिपालना गर्ने कुरामा सरकार चुकिरहेको छ, त्यसलाई ठीक ठाउँमा ल्याउने काम प्रतिपक्षको हो । त्यो प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुरामा हामीहरु चुकिरहेका छौँ । 

पार्टीभित्र हाम्रो भूमिका राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले आफ्नो प्रतिपक्षीय जिम्मेवारी सही ढंगले निर्वाह गर्न सकोस् भन्ने रहन्छ । 

समूहका हिसाबले पनि हाम्रो अर्को एउटा थप जिम्मेवारी छ । अहिले नेपाली कांग्रेसलाई ठिक ठाउँमा राख्ने कुरामात्रै होइन, भविश्यको नेपाली कांग्रेस राम्रो हुन्छ भन्ने कुराको सन्दर्भमा आश्वस्त पार्ने जिम्मेवारी पनि हाम्रो हो । नेपाली कांग्रेसले अब आउने निर्वाचन जितेपछि के गर्न सक्छ भन्ने कुराको विश्वासको संकेतहरु दिने, आशाको संकेत दिने काम पनि हाम्रो हो । 

यो दिशामा काम गर्ने कुरामा कोही पनि साथी अलमलिनु आवश्यक छैन । पार्टी नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामीहरु जसरी पार्टीभित्र काम गर्दै आएका छौं, पार्टीभित्र हामी सही कुरामा सही र गलत कुरामा गलत भन्दै आएका छौं हामी त्यही कुरामा आजको दिनमा अरु केही पनि कुरा छैन । अधिवेशन समयमा गराउने, विधानको पाालना गराउने कुरामा हामी एक गाउँमा उभिएर अगाडि बढ्छौं । हामी एकै ठाउँमा उभिएर जान्छौं र एकै ठाउँमा उभिदै गर्दा  हामी हिजो पनि यथास्थितिवादीको पक्षमा थिएनौं, परिवर्तनको पक्षमा उभिएका थियौं, भोलि पनि हाम्रो यो ताकत परिवर्तनको पक्षमा उभिन्छ, उभिन्छौं । 

(१३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा उदाएको सिटौला समूहले सोमबार काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको भेलामा केन्द्रीय सदस्य गगन थापाले राखेको धारणा) 
  
  
  
       
   
          
 
 


   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu