site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०२३ को अक्टोबरदेखि साढे ११ हजार प्यालेस्टिनी हिरासतमा
फाइल तस्बिर ।

रामल्ला । सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक र जेरुसेलमका प्यालेस्टिनीहरूको संख्या बढेर ११ हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकार रहेका छन् ।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन (एडडमीर)ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश १० हजार नाघेको जनाएका छन् ।  जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरूविरुद्ध जारी गरिएको थियो ।

विज्ञप्तिका अनुसार अक्टोबर ७ देखि कम्तीमा ४५ कैदी इजरायली जेलमा सहिद भएका छन् । 

यसैगरी धेरै हिरासतमा सहिद भएकाहरूको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने  दर्जनौँलाई मृत्युदण्ड दिइएको छ । 

आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना सहिदको शव अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन् । रासस/क्यूएनए

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro