site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दु तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच वि.सं. २०७५ मा नै हवाई सम्झौता भएको थियो ।

भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका निम्ति कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा समेत दिए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका निम्ति सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को अन्तर–संसदीयसभा उत्कृष्ट मञ्च भएको बताए । उनले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।

भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्तवपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सेनसँग भेट गरेका छन् । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो ।

यस्तै, दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थिए ।

उनले शनिबार साँझ कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग समेत भेट गरेका थिए ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका निम्ति अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रलाई सम्बोधन गरेका थिए । उनी नेतृत्वको टोली मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro