site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर मेयरका स्वतन्त्र उमेदवार महर्जनलाई अर्का स्वतन्त्रको समर्थन
उमेदवारी दर्ताका क्रममा राजमान महर्जन (बीचमा) फाइल तस्बिर ।

काठमाडौं । उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार नरेश श्रेष्ठले आफ्नो उमेदवारी निष्क्रिय गरेका छन् । उनले अर्का स्वतन्त्र उमेदवार राजमान महर्जन (मानव)लाई सहयोग/समर्थन गर्ने घोषणा गरेका हुन् ।

सोमबार बिहान पाँगामा आयोजित चुनावी प्रचार कार्यक्रममा उनले महर्जनलाई मत दिन आग्रह गरे । महर्जनका पक्षमा मत माग्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि पाँगा पुगेका छन् । उनले महर्जनलाई जिताउन आग्रह गरे ।

महर्जनले केटाकेटी चुनाव चिह्न पाएका छन् । उनले सरसफाइ अभियान चलाउँदै आएका छन् । स्वतन्त्र उमेदवार महर्जन ०६० सालसम्म नेकपा (एमाले)मा आबद्ध थिए ।

महर्जनलाई समर्थन गर्ने बताएर उमेदवारी निष्क्रिय गरेका श्रेष्ठले पानीको बोतल चुनाव चिह्न पाएका छन् ।

स्थानीय तहका रिक्त पदमा जनप्रतिनिधि छान्न यही मंसिर १६ गते मतदान हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro