site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुबाट पाटेबाघको छालासहित एकजना पक्राउ, गोली हानी मारिएको आशंका  

काठमाडौं । कपिलवस्तु प्रहरीले पाटेबाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–५ का ४१ वर्षीय विष्णुप्रसादप्रसाद भट्टराई छन् ।

भट्टराईलाई विशेष सूचनाका आधारमा शिवराज नगरपालिकाको हल्लानगरबाट पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) निरञ्जन भट्टले जानकारी दिए ।

बाघको छालालाई किनबेच गर्ने उदेश्यले उनले लु५८प९७५५ नम्बरको मोटरसाइकलमा सेतो प्लाष्टिकको बोराभित्र लुकाएर ल्याएका थिए । प्रहरीका अनुसार छालाको लम्बाइ ६ फिट छ ।

छालाको केही भागमा प्वाल समेत देखिएकाले गोली हानी मारेको आंशका प्रहरीले गरेको छ । थप अनुसन्धानका लागि बाघको छाला र पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा बुझाइएको एसपी भट्टले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro