site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रका गीतको छायामा सुगम संगीत, किन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रले लोक फ्लेबरका गीत समेट्न थालेपछि सुगम संगीतको लोकप्रियता घट्दै गएको छ । लोक फ्लेबरका गीत चलचित्रले कम्तिमा एउटा राख्ने र त्यसलाई ठूलो रकम खर्च गरेर प्रचार गर्न थालेपछि सुगम संगीत ओझेलमा पर्दै गएको गायक तथा संगीकारहरूको भनाइ छ ।

नारायण गोपाल, गोपाल योञ्जन, भक्तराज आचार्य, बच्चु कैलाश, फत्तेमान राजभण्डारी, तारादेवी, अरुणा लामाको समयमा लोकप्रिय आधुनिक गीत ५० को दशकदेखि चलचित्रका लोक फ्लेबरका गीतको छायामा परेको संगीतकार शम्भुजित बास्कोटा बताउँछन् । 

“२०४८ सालपछि मैले रातो टीका निधारमा, सुन सुन सनम, हामीलाई पनि मायाले हेर पार्वती, तीन पाते डाँडा काटेर जस्ता चलचित्रका लोक फ्लेबरका गीत कम्पोज गरेँ,” शम्भुजित भन्छन्, “रातो टीका निधारमा, तीन पाते डाँडा काटेरले राजेश हमाललाई नै चिनायो । बीचमा गैरी खेतको शिरै हान्यो, चिठी आएन जस्ता चलचित्रका मेलोडी गीत पनि आए । यी गीतले पनि सुगम संगीतलाई उछिन्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

अहिले गीतकारले आफ्नै पैसा खर्च गरेर संगीत भर्न र गाउन लगाएका गीतले सुगम संगीत धानिरहेको उनी बताउँछन् । टेलिभिजन हेर्ने चलन कम हुँदै गएपछि सुगम संगीतको लोकप्रियता कम भएको महसुस हुन थालेको संगीतकार बास्कोटाको भनाइ छ ।

संगीतकार वसन्त सापकोटा पछिल्लो समय गीत सुन्नेभन्दा हेर्ने पनि भएकाले आधुनिक गीतभन्दा चलचित्रका गीत धेरै ‘नोटिस’ हुने गरेको बताउँछन् । “गीत हेर्ने भएसँगै महँगो भयो । व्यक्तिगत रूपमा तयार पारिएका म्युजिक भिडियोमा धेरै खर्च गर्न सकिँदैन, त्यसैले यो केही कमजोर हुनै नै भयो,” सापकोटा भन्छन्, “ठीक विपरीत चलचित्रका गीतले ठूलो रकम खर्चिएर भिडियो बनाउँछन्, त्यसैले त्यसको चर्चा र लोप्रियता पनि निश्चय नै बढी हुन्छ ।”

Global Ime bank

नाम चलेका र लोकप्रिय गायक, संगीतकार तथा गीतकार पनि चलचित्रका गीतमै केन्द्रित हुँदा आधुनिक गीत थप ओझेल पर्नुको अर्को कारण भएको संगीतकार सापकोटा बताउँछन् । 

दर्शक तान्ने मुख्य आधार नै गीतलाई बनाउने र त्यस्ता गीत सुगम संगीत नभएर लोक फ्लेबरका भएका कारण आधुनिक गीत पछि परेको गायक सत्यराज आचार्य बताउँछन् । 

“चलचित्र प्रचारको मुख्य माध्यम नै गीतलाई बनाइएको छ । आधुनिक गीतमा एउटा एल्बमको बजेट धेरैमा ५ लाख हुन्छ । तर, चलचित्रमा एउटै गीतको बजेट ३० लाखसम्म रहेको हामीले सुनेका छौं,” सत्यराज भन्छन्, “पहिलो कुरा ५ लाखको गीतले ३० लाखको गीतसँग प्रतिस्पर्धा गर्नै सक्तैन । अर्को, चलचित्र चलाउन त्यसको रिलिज अगाडि नै जसरी पनि दर्शकसामु पुर्‍याउँनै पर्ने वाध्यता भएकाले सबै हथकन्डा अपनाइन्छ, त्यो सुगम संगीतमा हुँदैन ।”

लोकलयका गीतले स्रोता तथा दर्शकलाई सुन्ने बित्तिकै तुरुन्तै तान्ने तर शब्द तथा संगीत प्रधान गीत बुझ्न र त्यसमा रम्न समय लाग्ने भएकाले पनि चलचित्रका गीतको ओझेलमा सुगम संगीत परेको उनको बुझाइ छ ।
गायक स्वरुपराज आचार्य चलचित्रको रोजाइमा नाच्ने गीत मात्रै पर्ने गरेको बताउँछन् । दुई वर्ष अगाडिसम्म केही चलचित्रले  सुगम शैलीका गीत समावेश गरे पनि अहिले त्यो नरहेको उनको गुनासो छ । 

“सुगम संगीत पनि चलचित्रमा समावेश गरेको खण्डमा लोकप्रिय हुन्छ, जस्तै : मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, सम्झनाको सारङ्गी जस्ता गीत चलचित्रका भए पनि लोकप्रिय भए,” स्वरुपराज भन्छन्, “अहिले थेगो भएका चुड्के गीत समावेश गरिन्छ । संगीतकारसँग स्टक हुन्छ, त्यही गीत राखिन्छ ।”

गायक सत्य–स्वरुप सुगम संगीतले दर्शकको ध्यान खिच्न र मनमा छाप छोड्न समय लाग्ने बताउँछन् । जब मनमा पस्छन् कालान्तरसम्म यिनीहरूको छाप रहिरहन्छ र कालजयी बन्छन् । व्यावसायिक प्रयोजनका लागि बनाइएका गीतले ध्यान तत्काल खिच्ने र लामो समय नटिक्ने उनीहरूको अनुभव छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC