site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुभकामना
Tiktok banner adTiktok banner ad

‘विज्ञान र प्रविधिले सबैलाई सजिलो बनाएको छ,’ उसले मनमनै भन्यो ।

देखिने पेसा केही छैन । जिन्दगी चलिरहेको छ, उसको । डेरामा बस्नुपरेको छैन । चोकमा बसेर सार्वजनिक सवारी कुर्नुपरेको छैन उसलाई ।

उठेर अस्तिदेखि तयार पारेको एउटा टिपोट ल्यायो ।

‘उहिलेउहिले हजुरबुबाको पालामा त बेलुका बेलायतबाट मगाइएको महँगा मदिरा पिएर सुकुला होइबक्सेका जर्साब कहिले जागी बक्सेला भनेर  झिसमिसेदेखि घाम थाप्लोमा आउने बेलासम्म कौसीअगाडिको मूलद्वारमा कुरेर बस्नुपर्दथ्यो रे,’ उसले फेरि आफ्नै मनसँग कुरा गर्‍यो ।

ल्याएको टिपोट हेर्दै सामाजिक सञ्जालमा टिप्पणी लेख्न थाल्यो । व्यक्तित्व र कृतित्वमाथि व्याख्या गर्‍यो र अन्त्यमा जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्‍यो । 

‘नेताज्यूले हेर्नुहोला नि !’ सोच्दै उसले मक्ख परेर पोस्ट गर्‍यो ।

(कास्की)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro