site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामा
Sarbottam CementSarbottam Cement

 कास्की । प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं संस्करण आगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । 

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्रतियोगितामा हुनेछ ।

नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्विटजरल्यान्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी बन्ने जानकारी आयोजकले दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए । 

प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एसियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वर्ल्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् ।

Global Ime bank

एफएआई (फेडेरेसन एरोनोटिक इन्टरनेसनल) बाट लाइसेन्स प्राप्त गरेको र वल्ड पाइलट र्‍याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिए ।

‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने बताइएको छ ।

त्यसैगरी महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौं स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

प्रतियोगिता पोखरा र सिङ्गो राष्ट्रको इज्जतसँग जोडिएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिइएको छ । प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । 

मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC