site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरबरिया टोल, कठैबरा काठमाडौं !, कोखास्था र असर्फी
Sarbottam CementSarbottam Cement

सरबरिया टोल
(कथासंग्रह: राजेन्द्र विमल)
राजेन्द्र विमल नेपाली आख्यान साहित्यमा आफैँमा एउटा उचाइ बोकेको नाम हो । जनकपुरमा बसेर साहित्य सिर्जना गर्दै आएका डा. विमलको अर्को नवीनतम कथाकृति हो, ‘सरबरिया टोल’ ।

डा. विमलको यो कृतिमा भूमिका अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेले लेखेका छन् । कृतिमा १६ कथा पढ्न सकिन्छ ।

शीर्षकथा ‘सरबरिया टोल’मा कथाकारले लेखेका छन्, “हामीले कहिल्यै अघाएर खान पाएनौँ । कैयौँपटक सात–सात दिनसम्म मुखमा माड लाग्न पाउँदैनथ्यो । बस्तीका अधिकांश बच्चाहरू भोकले अललिएर रुन्थे । कखरासम्म जान्ने मान्छे बस्तीमा बडो मुस्किलले फेला पार्न सकिन्थ्यो ।...।” (पृष्ठ—२०)

Prabhu Bank
Agni Group
NIC Asia

शिखा बुक्सद्वारा प्रकाशित १७८ पृष्ठको यो कृतिको मूल्य ३९५/– रुपैयाँ राखिएको छ ।
०००

कठैबरा काठमाडौं !
(निबन्धसंग्रह: हरि गौतम)
अनुसन्धानात्मक आलेख तथा निबन्ध लेखनमा सक्रिय साहित्यकार हरि गौतमको पछिल्लो कृति हो, ‘कठैबरा काठमाडौं !’ । गौतमका यसअघि ‘झापा दिग्दर्शन’, ‘नेपाली क्रान्ति र गणेशमान सिंह’सहित अनेक पुस्तक प्रकाशित छन् ।

Global Ime bank

कृतिमा प्रा. डा. हेमचन्द्र नेपालले भूमिकामा लेखेका छन् । कृतिकार गौतमले आभारका केही शब्दमा लेखेका छन्, “प्रकारान्तरले प्रस्तुत कृतिको नाम कठैबरा काठमाडौं !’ राख्नुका पछाडि अनेक कारण छन् । कतिले यो नाम राख्नु उचित हुन्न भन्ने सल्लाह पनि नदिएका होइनन् तर आम नेपाली समाजमा काठमाडौंको सत्ताले गरेको व्यवहार र काठमाडौंको सत्ताले सिंगो मुलुकमा पारेको प्रभावले नै यो निबन्ध लेखेको हुँ ।...।” (पृष्ठ—३६३)

पुस्तकभित्र दुई खण्डमा गरेर १९ निबन्ध प्रस्तुत छन् ।

ओरिएन्टल पब्लिकेसन हाउसद्वारा प्रकाशित ३८० पृष्ठको यो कृतिको मूल्य ६५०/– रुपैयाँ राखिएको छ ।
०००

कोखास्था
(कवितासंग्रह: कणाद महर्षि)
नेपाली कवितासहित्यमा चिरपरिचत नाम हो, कणाद महर्षि । यी कविको पहिलो कविताकृति ‘गुफा’ ०३१ सालमा प्रकाशित भएको थियो । केही समयअघि उनको नयाँ कविताकृति सार्वजनिक गरिएको छ, ‘कोखास्था’ । महर्षिका यो समेत पाँच कविताकृति प्रकाशित भइसकेको छ ।

आफ्नो मन्तव्यमा उनले लेखेका छन्, “कवितालाई परिभाषाभित्र बन्दी नबनाउनु नै कविताको परिभाषा हो भन्ने सोचाइ राख्दछु । ...जे जे अनुभव र अनुभूतिले मलाई स्पर्श गर्छ त्यसैलाई अभिव्यक्ति दिने प्रयत्न गर्दछु ।’ (पृष्ठ—१११)

‘सालिक/अवशेष’ शीर्षकको कवितामा महर्षिले लेखेका छन्–
मसान ! जो एउटा जीवनको साक्षात अवशेष
जीवन ! जो मृत्युको एउटा साक्षात सालिक
सालिक र अवशेष !
जीवन र मसान !
यसको त्रिकोण छैन
समानान्तर पनि छैन

सट्टा भर्ना र विकल्प छैन... (पृष्ठ—४९०

कृतिको भूमिकामा प्रा. डा. कृष्णप्रसाद दाहालले लेखेका छन्, “कणाद महर्षिको कविले कथाकार कणाद महर्षिलाई पनि सँगसँगै डो¥याउँदै आइरहेको छ । तसर्थ उनलाई कथाकार होइन भन्न मिल्दैन तर पनि एउटै उत्तर दिनुप¥यो भनेचाहिँ उनी कवि नै हुन् ।...।”

यो संग्रहभित्र कवि महर्षिका ५५ कविता समेटिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ११२ पृष्ठको यो कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००

असर्फी
(हाइकुसंग्रह: प्रमोद सारंग)
पछिल्लो समय काव्यकारितामा आफ्नो पहिचान बनाइरहेका कवि हुन्, प्रमोद सारंग । उनको नितान्त पृथक् आकारमा ल्याइएको हाइकुसंग्रह हो, ‘असर्फी’ । प्रमोदका यसअघि कविता, गजल, मुक्तक, हाइकु र अनुवाद गरी नौ पुस्तक प्रकाशित छन् ।

मोबाइल आकारको उनको हाइकुसंग्रहमा समावेश एउटा हाइकुले भन्छ– 
उदाउनेछ
खण्डहर समय
सिपाही घाम 

(पृष्ठ—६)
प्रश्न परिधि
आफ्नै सेरोफेरोमा 
जीवन धाम

(पृष्ठ—७)

कृतिको भूमिका पनि हाइकुशैलीमै लेखिएको छ । नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले लेखेका छन्, “रहर गर्ने । लहर लामो पंक्ति । हाइकु थुप्रो । जापान भित्र । सम्राट कवि बासो । हाइकु राजा । नेपाल धनी । छ वटा ऋतुभित्र । बिम्बै बिम्ब छ । प्रकृति धनि । मिठो जन्म्यो हाइकु । रचना थुप्रो ।’ (पृष्ठ—४)

यो कृतिभित्र प्रमोदले ५० हाइकुलाई स्थान दिएका छन् ।

नेपाल हाइकु केन्द्रद्वारा प्रकाशित ३२ पृष्ठको यो पुस्तकको मूल्य १५०/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement