site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचन : इलाम–२ र बझाङ १ ‘क’मा मतदान जारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान जारी छ । बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान जारी रहेको हो । 

मतदान साँझ ५ बजेसम्म हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उमेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बू, पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेका छन् । 

१९ जना उमेदवारले नै आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उमेदवार चुनावी मैदानमा छन् । 

Global Ime bank

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

आयोगले निर्धक्क भएर मतदानमा भाग लिन आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जानकारी दिएका छन् । 

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement