site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नवौं चरण भोलिबाट,उपाधि होड रोमाञ्चक 
SkywellSkywell

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा भोलि (सोमबार) बाट नवौं चरणका खेल सुरु हुँदै छन् । 

शीर्ष स्थानमा लागि संर्घषरत विभागीय क्लब नेपाल पुलिस र एपीएफबीच खेलसँगै नवौं चरणका खेल सुरु हुनेछन् । पुलिस र एपीएफबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ३ विभागीय क्लबमध्ये यी दुई शीर्ष स्थानका लागि संर्घषरत छन् भने अर्को विभागीय क्लब त्रिभुवन आर्मी उपाधि होडलाई बलियो बनाउने रणनीतिमा लागेको छ । 

Dabur Nepal
NIC Asia

जारी लिगमा पुलिसले केही सम्हालिएको प्रदर्शन गरेको छ भने एपीएफको अवस्था कमजोर छ । अहिलेसम्मका ८ मध्ये ३ खेलमा जित २ बराबरी र ३ खेलमा हार व्यहोरेको पुलिस ११ अंकसहित आठौं स्थानमा छ । एपीएफ लिगको पुछारबाट दोस्रो स्थानमा छ । 

रेलिगेसन जोननजिक रहेको एपीएफ ८ खेलमध्ये १ खेलमा बिजय भएको छ भने २ मा बराबरी र ५ खेलमा पराजित छ । आठौं चरणसम्मको खेल सम्पन्न हुँदा उपाधि होड भने रोमाञ्चक हुने देखिन्छ । त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच शीर्षस्थानका लागि प्रतिस्पर्धा छ । गत लिगको च्याम्पियन मनाङ मर्स्याङ्दी भने शीर्ष स्थानका लागि संघर्ष गरिरहेको छ । 

आर्मी अहिले १७ अंक साथ अंक तालिकाको शीर्ष स्थानमा छ । लिगमा ५ खेल बाँकी रहँदा उपाधि होड कायमै राख्ने लक्ष्यमा रहेको आर्मीले यसअघिका खेलमा भने ५ मा जित २ मा बराबरी र १ खेलमा पराजय भोगेको छ । 

दोस्रो स्थानमा रहेको मच्छिन्द्रको समान नतिजासहित १६ अंक छ । मच्छिन्द्रको १ अंक गत वर्ष पुछारबाट दोस्रो स्थानमा रहेका कारण घटाइएको हो । मनाङ १६ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म अपराजित यात्रालाई कायम राखेको मनाङले ४ खेलमा जित र ४ मा बराबरी खेलेको छ । 

१४ अंकसहित थ्री स्टार चौथो स्थानमा छ । थ्री स्टारले ४ खेलमा जित र २ मा हार व्यहोरेको छ । गत लिगमा पुछारमा रहेको न्यूरोड टिम एनआरटीले भने जारी लिगमा सुधारात्मक प्रदर्शनलाई जारी राखेको छ । 
४ खेलमा जित २ मा बराबरी र २ मा पराजित भएको एनआरटी १२ अंकसहित पाँचौं स्थानमा छ । एनआरटीको २ अंक गत लिगमा पुछारमा रहेका कारण घटाइएको छ । 

१२ अंक रहेको जावलाखेल युथ क्लब छैटौं स्थानमा छ । समान अंक रहेको सकंटा सातौं स्थानमा रहँदा पुलिस आठौं, च्यासल युथ क्लब नवौं, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दशौं, फ्रेन्डस क्लब ११औं, हिमालयन शेर्पा १२औं तथा एपीएफ १३औं र सरस्वती पुछारमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro