site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको उत्कृष्ट सुरुआत, मधेसबाट मयनको अर्धशतक

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशविरुद्ध ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको छ । 

बुधबार जनकपुरमा जारी खेलमा आर्मीले २५ ओभरको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर १११ रन बनाएको छ । आर्मीले पहिलो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गरेको थियो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ साझेदारी हो ।

आर्मीबाट हाल क्रिजमा रहेका इम्रान सेख ४१ र भीम सार्की सात रनमा खेलिरहेका छन् । त्यसअघि आर्मीले अर्का ओपनर तिर्थराज दासलाई ४४ रनमा गुमाएको थियो । अर्धशतकबाट ६ रनले चुकेका दासले ७८ बलमा ६ चौका प्रहार गरे ।

वाग्मतीका कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । 

प्रतियोगिताअन्तर्गत विरगञ्जमा जारी मधेस प्रदेश र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धामा मधेशका मयन यादवले अर्धशतक बनाएका छन् । 

हाल क्रिजमा रहेका मयनले ८९ बलमा चार चौका र दुई छक्कासहित ५१ रन बनाएका छन् । मयनले यसअघि प्रतियोगिताको पहिलो खेलमा वाग्मतीविरुद्ध शतक बनाएका थिए । लन्च हुँदासम्म मधेसले २९.१ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाएको छ । 

मधेसले यसअघि कप्तान हरिशंकर साहलाई नौ, निरज यादवलाई २९, विशाल पटेललाई ६ रन र साहिल पटेललाई शून्यमा गुमाएको थियो ।

मधेसविरुद्ध पुलिसका गुल्सन झाले दुई विकेट लिएका छन् । यस्तै, श्रवण यादव र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro