site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मयनको अर्धशतकका बाबजुद पहिलो इनिङमा मधेस १२९ रनमै अलआउट

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध मधेस प्रदेश १२९ रनमै समेटिएको छ । बुधबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा मयन यादवको अर्धशतकका बाबजुद मधेसले ४२.२ ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो । 

मधेसका ओपनर मयनले ५९ रन बनाए । यसअघि, पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध शतकीय इनिङ खेलेका मयनले १०२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, अविजित रहेका अभिषेक तिवारीले २९ बलमा चार चौकासहित १७ रन थपे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई पहिलो इनिङमा सस्तैमा रोक्न पुलिसका गुल्सन झाले सर्वाधिक पाँच विकेट लिए । १३ ओभर बलिङ गरेका गुल्सनले चार मेडन फ्याँक्दै ४० रन खर्चिए । 

कुशल भुर्तेलले दुई विकेट लिए । श्रवण यादव र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । 

यसअघि, मधेसले पहिलो खेलमा वाग्मती प्रदेशसँग बराबरी खेलेको थियो । यस्तै, पुलिसले पनि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro