site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीविरुद्ध विभागीय टिम पुलिसको जित

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली नेपाल पुलिस क्लबले सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध २–० को जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु थापा र पूजा रानाले गोल गरे । पुलिसले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको नवौँ मिनेटमा नै निरुको गोलमा पुलिसले अग्रता बनाएको थियो । तर, मोफसलको क्लबविरुद्ध दोस्रो गोलका निम्ति भने पुलिसले ८२औँ मिनेट कुर्नुप¥यो । ८२औँ मिनेटमा पुलिसकी पूजा रानाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएकी थिइन् । यसपछि थप गोल नहुँदा पुलिसले तीन अंक पक्का गरेको हो ।

यसअघि लिगको पहिलो चरणमा पुलिस र वाग्मतीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro