अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ६.३८ प्रतिशतले बढेको छ । नेप्से ०.२४ प्रतिशतले बढेर २६५३.२३ को विन्दुमा पुगेको छ ।
आज ६ अर्ब ४० करोड रुपैयाँमा एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा रहेका १३ मध्ये ७ उपसमूहको समूहगत परिसूचक घटेको छ । ६ क्षेत्रको समूहगत परिसूचक बढेको छ ।
आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घट्दा ८ को स्थिर छ ।
सबैभन्दा समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा रहेको सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्