site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गुड्दागुड्दैको बस सडकमा भासिँदा ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । गुड्दै गरेको बस खाल्डोमा पर्दा चीनमा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । तीब्र गतिको विकाससँगै चीनमा देखा परेको अप्ठेरोका कारण कहिलेकाहीं यस्ता घटना हुने गरेका छन् । लाइमस्टोन भएको स्थानमा भित्रि भागमा खोक्रो हुँदा यस्ता घटना हुने गरेको जनाइएको छ । 

पछिल्लो घटना सोमबार साँझ क्विन्घाइ प्रान्तको राजधानी सिन्जिङ्गमा भएको थियो । सीसीटीभी फुटेजमा देखाइएअनुसार घटनाका क्रममा मानिसहरू बाटोमा बस कुरेर बसिरहेका थिए । त्यही बेलामा सडकमा परेको खाल्डोमा बस छिरेको हो ।

ठूलो संख्यामा मानिसहरू बसलाई उद्धार गर्न उपस्थित भएका थिए । तर, बस छिरेपछि खाल्डो अझ चौडा भएको थियो । चीनका सरकारी मिडियाका अनुसार सो खाल्डो करिब १० डायमिटरको थियो ।
सो बसमा कति मानिस थिए भन्ने प्रष्ट भएको छैन । सन् २०१८ मा दाजाउको व्यस्त ठाउँमा यस्तै खाल्डो एक्कासि पर्दा चार जनाको ज्यान गएको थियो । सन् २०१३ मा यस्तै खालको दुर्घटनामा दक्षिणी चीनको सेन्जेनमा ५ जनाको मृत्यु भएको थियो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC