site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा मतदान : उच्च तापक्रमले पार्छ असर ?  
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा आज दोस्रो चरणको लोकसभा निर्वाचन भइरहेको समयमा केही स्थानमा तापक्रम अनपेक्षित रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार हिट वेभले देशका दक्षिण र पूर्वी भागलाई यो हप्ताको अन्त्यसम्म असर गर्न सक्छ । 

त्यसमा चारवटा राज्य पनि छन् जहाँ आज शुक्रबार मतदान भइरहेको छ । पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र कर्नाटकसहित १३ राज्यमा आज निर्वाचन भइरहेको छ । दोस्रो चरणको निर्वाचन हुने केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइटसम्म) हुने पूर्वानुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार पूर्वी उडिसाको बारिपाडामा ४३ दशमलब ६ डिग्री सेल्सियस र तेलगंनाको खम्माममा ४३ दशमलब ४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो । विहार राज्यका ६० वर्षिय किसान गान्धी राय आफू जंगलको सानो छाप्रोमा बसिरहेको र मत हाल्नका लागि नजिकैको गाउँमा जानुपर्ने बताउँछन् । उनको घर रहेको बान्का जिल्लामा आगामी मे १ सम्म हरेक दिनको मौसम पूर्वानुमानमा ४१ डिग्री सेल्सियस हुने जनाइएको छ ।

उनी सीएनएनसँग भन्छन्, “मतदान गर्नु मेरा लागि महत्वपूर्ण कुरा हो । तर, तापक्रम दैनिक खराब रूपमा बढिरहेको छ ।” गएको बुधबार एक विधायक आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा महाराष्ट्रमा गर्मीका कारण लडेका थिए । (सीएनएन)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय