site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किन भइरहेको छ अमेरिकी कलेजमा प्रदर्शन र गिरफ्तारी ?
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । प्यालेस्टाइनको पक्षमा अमेरिकी कलेजहरूमा दैनिकजसो प्रदर्शन गर्ने क्रम बढिरहेको छ । यसक्रममा प्रहरीले गिरफ्तार गर्ने क्रम पनि जारी राखेको छ  । यसरी प्रदर्शन बढ्दै गएपछि लस एञ्जेल्सस्थित युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाले आगामी मे १० का लागि तय गरिएको ग्राजुएसन कार्यक्रम नै सुरक्षाको कारण देखाउँदै रद्द गरेको छ ।

अमेरिकी कलेजहरूमा प्रदर्शन इजरायल—गाजा पछिल्लो तनावका सन्दर्भबाट उब्जिएको हो ।  एटलान्टाको इमोरी युनिभर्सिटीमा बिहीबार मात्रै २८ जना प्रदर्शनकारी गिर्फतारीमा परेका थिए । यसखालको प्रदर्शन गत साता न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीबाट सुरू भएको थियो ।

युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाले  ग्राजुएसन कार्यक्रम रद्द गरिएको जानकारी गराउँदै बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, “मुख्य स्टेज कार्यक्रम गर्न नसकिने भएको छ, जसमा परम्परागत रूपमा विद्यार्थी, परिवार र साथीहरु समेत गरी ६५ हजार मानिस त्यसमा आउन सक्थे ।”

Prabhu Bank
Agni Group
NIC Asia

सो निर्णय बुधबार प्रहरीले थुप्रै स्थानमा गिरफ्तारी गरेको समाचार सार्वजनिक भएपछि गरिएको जनाइएको छ । यो महिनाको सुरूमा सो युनिभर्सिटीले उत्कृष्ट मुस्लिम विद्यार्थी अस्ना ताबासुमलाई अज्ञात सुरक्षा चुनौतीका कारण कार्यक्रममा मन्तव्य दिनका लागि अनुमति दिन नसकिने समेत जनाएको थियो ।

एटलान्टाको इमोरी युनिभर्सिटीमा पनि प्रदर्शन भएको छ । त्यहाँ प्रदर्शनकारीहरूले आफूहरूले प्यालेस्टाइनलाई समर्थन गरिरहेको जनाएका छन् । उनीहरूले प्रहरी तालिम केन्द्र एटलान्टाको पनि विरोध गरेका छन् । इमोरीले जारी गरेको वक्तव्यमा प्रदर्शनमा बाहिरका मानिस समेत आएर सहभागी भएको जनाएको छ । 

Global Ime bank

गतहप्ता न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट विद्यार्थीको प्रदर्शन सुरू भएको थियो । त्यहाँका अधिकारीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले १०० जनाभन्दा बढीलाई गिरफ्तार गरेको थियो । यो आन्दोलन अहिले अमेरिकाका दर्जनौँ कलेजमा पुगिसकेको छ ।

कनेक्टिकटस्थित यले युनिभर्सिटीका कानुनसम्बन्धी विद्यार्थी चिसाटो मामुरा राष्ट्रपति जो बाइडेन र युनिभर्सिटी प्रशासनप्रति असन्तोष व्यक्त गर्छन् । उनले नरसंहारलाई प्रवर्द्ध गर्नेगरी फन्डिङ र हतियार दिने कार्य भइरहेको भन्दै असन्तोष व्यक्त गरेका छन् । इजरायलले भने प्यालेस्टाइन क्षेत्रमा आफूले नरसंहार गरेको कुरालाई अस्वीकार गर्दै आइरहेको छ । 

केही ज्युविस विद्यार्थीले भने आफूहरूले कोलम्बिया र अन्य युनिभर्सिटीहरूमा असुरक्षा महसुस गर्नुपरेको जनाएका छन् । तर, कतिपय ज्युविस विद्यार्थी नै प्रदर्शनमा पनि सहभागी भइरहेका छन् । कोलम्बिया युनिभर्सिटीको प्रशासनले युनिभर्सिटीमा थप अवरोध हुन नदिन  बिहीबार मध्यरातसम्ममा सहमतिमा पुग्न विद्यार्थीलाई आग्रह गरेको थियो । पत्रकार सम्मेलनको आयोजना गरी युनिभर्सिटीका प्रवक्ता बेन चाङले यदि सहमति हुन नसकेमा युनिभर्सिटीमा शान्ति पुनर्स्थापना गर्न विकल्प खोजिने बताएका थिए । तर, के विकल्प रोजिन्छ भन्ने बारेमा उनले प्रष्ट गरेका थिएनन् । 

बिहीबार मिनेसोटाका डेमोक्रेटिक कंग्रेस सांसद इल्हान ओमार युनिभर्सिटीमा गएकी थिइन् । उनकी छोरी इस्रा हिर्सी पनि सो युनिभर्सिटीमा प्रदर्शनमा उत्रिएकोमा प्रहरीले गत हप्ता उनलाई हटाएको थियो । “यो प्रदर्शन सुरूमा केबल ७० विद्यार्थीबाट सुरू भएको थियो,” सांसद ओमारले भनिन्, “कोलम्बिया युनिभर्सिटीले उनीहरूमाथि धरपकड बढाएर अधिकारसम्बन्धी पहिलो संशोधन उल्लंघन गरिएपछि यो प्रदर्शन देशका अन्य भाग र विदेशमा पनि फैलिएको हो ।”

प्रदर्शनका क्रममा के के भए ?

– न्यूयोर्कको सिराकसमा करिब १०० प्रदर्शनकारीले ‘जिनोसाइड जो’ भन्ने स्लोगन लिएर राष्ट्रपति जो बाइडेनलाई अभिवादन गरेका थिए । शिकागो नजिकको नर्थ वेस्टर्न युनिभर्सिटीमा एउटा क्याम्प खडा गरेर प्रहरी समेत जम्मा भएर प्रदर्शनकारीलाई सो स्थल छोड्न भनिएको थियो ।

– युनिभर्सिटी अफ मिचिगनमा प्रदर्शनकारीहरूले राष्ट्रपति निर्वाचनको प्राइमरीमा जो बाइडेनलाई अस्वीकार गर्न आग्रह गरिएको थियो ।

– जर्जटाउन युनिभर्सिटी, जर्ज वाशिङ्टन युनिभर्सिटी र अमेरिकन युनिभर्सिटीका विद्यार्थीहरूले वाशिङ्टन डिसीमा प्रदर्शन गरेका थिए । बोस्टनको इमर्सन कलेज, लस एन्जेल्सको युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्निया र युनिभर्सिटी अफ टेक्सास अस्टिनमा बुधबार २०० भन्दा बढी विद्यार्थी गिरफ्तार गरिएका थिए ।

– बोस्टनको ब्रान्डेइज युनिभर्सिटी जहाँ एक तिहाइ ज्युविस विद्यार्थी रहेका छन्, त्यहाँ बस्नको लागि ट्रान्सफर डेडलाइन बढाइएको जनाइएको छ  । ती विद्यार्थीले आफूहरू अन्य युनिभर्सिटीमा आक्रमणको तारो भएको महसुस गरिएको जनाएका छन् ।

गएको अक्टोबर ७ मा इजरायलमा हमासले एक्कासि आक्रमण गरेपछि एक हजार २०० सर्वसाधारण मानिस मारिनुका साथै २५३ जना मानिस बन्धक बनाइएका थिए । त्यसपछि ३४ हजार १८० भन्दा बढी मानिस, जसमा केटाकेटी र महिलाको संख्या बढिरहेको छ । उनीहरु सो समयपछि गाजा क्षेत्रमा अहिलेसम्म मारिएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय