टुँडिखेलमा घोडचढी प्रतियोगिता

काठमाडौं । शुक्रबार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ । 

नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुँडिखेलमा प्रतियोगिता भएको हो । 

प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ गरी पुरुष तर्फ २० र महिलातर्फ ६ गरी २६ राईडरले प्रतिस्पर्धा गरेका थिए । 

महिला राईडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागि गराइएको आयेजकले जनाएको छ । 

कतार एयरवेज, टिभीएस, मित्सुविसी र लिओन मोटर्सले प्रतियोगिताको प्रायोजन गरेका थिए । विगतका वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितामा यो वर्षदेखि अन्य राईडरहरुको पनि सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस
ad