site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालगञ्ज क्षेत्र र सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट ८.०५ र १०.६९ प्रतिशतमा झारिने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, राजस्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई नेपालगन्ज र अत्तरिया कार्यालय मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनीन्द्र ठाकुरले आइतबार र प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णले सोमबार कार्यसम्पादन सम्झौता गरेका हुन् । यसैगरी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग दुवै कार्यालय मातहतका  वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरे ।

Agni Group
NIC Asia

सम्झौताअनुसार नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८ दशमलव शून्य ५ र १० दशमलव ६९ प्रतिशतमा झार्ने भएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष (आव) २०७५–७६ मा रहेको १३ दशमलव ६९ प्रतिशत विद्युत् चुहावटलाई १० दशमलव ६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो । कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत् चुहावट ९.६२ प्रतिशत छ ।

कार्यालय मातहत सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १२ वितरण केन्द्रहरू छन् । प्राधिकरणको प्रणालीमार्फत् हालसम्म ६५ दशमलब ६५ प्रतिशत विद्युतीकरण भएको छ भने ग्राहक संख्या २ लाख ४१ हजार छ ।

Global Ime bank

यसैगरी प्राधिकरणले डिभिजन कार्यालय नेपालगन्जलाई गत आवमा १० दशमलब ६४ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ८ दशमलव शून्य ५ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ । चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १० दशमलब १९ प्रतिशत छ । कार्यालयअन्तर्गत ६ जिल्लाका १० वितरण केन्द्रमा ३ लाख १३ हजार ग्राहक छन् ।

कार्य सम्पादन सम्झौताको अवसरमा प्राधिकरणका सञ्चालक चेतराज जोशीले विभिन्न कारणले जीर्ण बनेका वितरणतर्फका प्रसारण तथा सबस्टेसनको निर्माण सम्पन्न गर्न, विद्युत् खपत बढाउन थ्रिफेज मिटर प्रयोगलाई प्रोत्साहन गर्न र विद्युतीकरणमा केन्द्रित हुन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई सार्वजनिक संस्थानमध्ये ‘उत्कृष्ठ नमुना’ संस्थाका रूपमा विकास गर्न वितरण केन्द्रहरू प्राधिकरणको अनुहार भएकाले सबै कर्मचारीले सुशासन कायम गर्दै पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताए ।

घिसिङले विश्वसनीय र भरपर्दो विद्युत् आपूर्ति जनताको अपेक्षा भएकाले यसलाई पूरा गर्न अनुशासित भएर ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन र विद्युतीकरणलाई अभियानकै रूपमा चलाउन निर्देशन दिए ।

प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं. १, २, ३, गण्डकी र कर्णालीका प्रादेशिक तथा प्रदेश नं. ३ को डिभिजन कार्यालय हेटौंडाका कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ । अब प्रदेश नं. ५ को प्रादेशिक कार्यालय बुटवल र मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्न बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu