site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीका ईभीको मूल्य दश लाखसम्म बढ्यो, कुन गाडीको मूल्य कति ?

काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी)मा कर बढाएसँगै कम्पनीले गाडीको मूल्य बढाएको हो ।

कम्पनीले आफ्ना गाडीहरूमा ९१ हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म मूल्य बढाएको हो ।

Dabur Nepal
NIC Asia

कुन गाडीको मूल्य कति ?

बीवाईडीको अट्टो थ्री एडभान्सको यसअघि ५५ लाख ९९ हजार रुपैयाँ रहेको मूल्य ९१ हजार रुपैयाँ बढेको छ । हाल यसको मूल्य बढेर ५६ लाख ९० हजार पुगेको छ । बीवाईडी एट्टो थ्री सुपिरियरको मूल्य एक लाख ९२ हजारले बढेर ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजारबाट एक लाख ३५ हजार रुपैयाँले बढेर ४१ लाख १५ हजार पुगेको छ । बीवाईडी सिल डाइनामिकको मूल्य पाँच लाख रुपैयाँले बढेर एक करोड १० लाख पुगेको छ । बीवाईडी सिल प्रिमियमको मूल्य ६ लाख ५० हजारले बढेर एक करोड ४५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बीवाईडी सिल पर्फमेन्सको मूल्य एक करोड ८५ लाख रुपैयाँबाट दशलाखले बढेर एक करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro