site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकारात्मक सर्किट ब्रेक लागेको साता : बजार ६७.७६ अंकले बढ्यो, २२ अर्ब ७५ करोडको कारोबार   

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार गर्नेहरूका लागि यो साता उत्साहमय रह्यो । यो साता बजारमा एकैदिन दुईवटा सकारात्मक सर्किट लाग्यो, बजार एक घण्टा बन्द पनि भयो ।

यो गत मंगलबारको कुरा हो । उक्त दिन बजार खुलेको एक मिनेटमा ११ बजेर एक मिनेट जाँदा नै नेप्से ४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।

धितोपत्र कारोबार नियमावलीअनुसार बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक ४ प्रतिशत घटे वा बढे २० मिनेट बन्द हुन्छ । त्यसपछि पुनः बजार खुलेको एक घण्टामा ५ प्रतिशत बढेर वा घटेर सर्किट लागे पुनः ४० मिनेट बजार बन्द हुने व्यवस्था छ । यसका साथै त्यसपछि ६ प्रतिशत बढेर वा घटेर बजारमा सर्किट लागेमा त्यो दिनको सेयर कारोबार बन्द हुन्छ ।

मंगलबार बजार खुलेको पहिलो एक घण्टामा नै दुई सर्किट लागेर नेप्से १०२.६८ अंकले बढेको थियो । मंगलबार दुईपटक सर्किट लाग्दा बजार २१६२.४९ विन्दुसम्म पुगेको थियो । यो हप्ताको सबैभन्दा उच्च विन्दु पनि यही बन्यो ।

यो साता समग्रमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो । सातामा नेप्से परिसूचक ६७.७६ अंकले बढ्यो भने कारोबार रकम एक अर्ब ३३ करोड ६४ लाख रुपैयाँले बढ्न पुग्यो । आइतबारदेखि बिहीबारसम्मको एक सातामा २२ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गत साता २१ अर्ब ४१ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यो साताको आइतबारबाहेक बाँकी चार कारोबार दिनमा बजार बढेको थियो । आइतबार बजार १४.८३ अंकले घट्यो भने सोमबार, मंगलबार, बुधबार र बिहीबार बजार लगातार बढेको थियो ।

सोमबार १६.२९ अंक, मंगलबार ४७.०४ अंक, बुधबार ३.७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार १५.४७ अंकले नेप्से बढ्यो ।

गत साता तीन कारोबार दिन बजार घटेको थियो भने बाँकी दुई कारोबार दिन मात्र बजार बढेको थियो । गत साता समग्रमा बजार १६.४ अंकले बजार घटेको थियो ।

सेयर कारोबार बढ्दा लगानीकर्ताको सम्पत्ति (कुल बजार पुँजीकरण) एक खर्ब आठ अर्ब रुपैयाँले बढेको छ ।

यो साताको अन्तिम करोबार दिन कुल बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन कुल बजारपुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ कायम थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro