site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेश महिला क्रिकेट टोलीलाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीलंकामाथि रोमाञ्‍चक नतिजा निकाल्दै बंगलादेशको महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेको छ । 

आज भएको फाइनलमा श्रीलंकामाथि २ रनको जित निकाल्दै बंगलादेश महिला क्रिकेट टोलीले स्वर्णपदक जितेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

९२ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ थालेको श्रीलंका निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८९ रनमा समेटिएपछि बंगलादेश स्वर्ण जित्न सफल भयो । 

पोखरा रंगशालामा बंगलादेशका लागि निगर सुल्टानले सर्वाधिक २९ रन बनाएकी थिइन् । सन्जीडा स्लाम र फहिमा खातुनले समान १५–१५ रन बनाउँदा मुर्सिद खातुनले १४ रन बनाएकी थिइन् । 

Global Ime bank

श्रीलंकाकी उमेशाले सर्वाधिक ४ विकेट लिएकी थिइन् । ९१ रनको लक्ष्य पच्छाएको श्रीलंकाका लागि कप्तान हरसिथा मन्दबीले सर्वाधिक ३२ रन बनाए पनि हार टार्न सकिनन् । लिहिनी अप्सराले २५ रनको योगदान दिदाँ निलक्सानले १० रन जोडेकी थिइन् । बंगलादेशकी नहिदा अक्तरले २ विकेट लिएकी थिइन् । 

पहिलो पटक सागमा समाबेश क्रिकेटमा महिलातर्फ बंगलादेशले स्वर्ण श्रीलंकाले रजत तथा आयोजक नेपाल भने कास्यपदकमा सिमित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC