काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोली स्वदेश फिर्ता भएको छ । प्रतियोगिताको समूह चरणमा भएको तीन खेलमध्ये दुई खेलमा पराजित भएको नेपाली टोली समूह चरणबाट बाहिरिएको थियो ।
बंगलादेशबाट मंगलबार फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य अमितवीर पाण्डेले स्वागत गरेका थिए । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।
नेपाल पहिलो खेलमा भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित थियो । अन्तिम खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटले पराजित भएको थियो ।