site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाँझो जमिनको सदुपयोग गर्न भूमि बैंकको अवधारणा ल्याइएको हो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाँझो जमिनको सदुपयोग गरी कृषि उत्पादन बढाउन भूमि बैंकको अवधारणा ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मन्त्री पौडेलले भूमि बैंकको विषयमा कोही पनि अलमल्ल नहुन आग्रह गरेका छन् ।  

“भूमि बैंक बाँझो जमिनको सदुपयोगका निम्ति र भूमिको उत्पादकत्व अभिवृद्धिका लागि एउटा उपयुक्त अवधारणा हो । यो विरोधका निम्ति विरोध, नयाँ चिज आयो त्यस कारण विरोध गरिदिउँ भनेर विरोध गर्नुको अर्थ छैन,” मन्त्री पौडेलले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपयोग हुन नसकेको जग्गा भूमि बैंकमार्फत कृषि उत्पादनमा सदुपयोग गर्न सकिने उनको भनाइ छ । त्यसका लागि भूमि बैंकको अवधारणा उपयुक्त प्रबन्ध भएको उनको जिकिर छ ।  भूमि बैंकको नेतृत्व सम्बन्धित स्थनीय तहले गर्ने पौडेलले बताए । 

“कतिपय माननीयज्यूहरूमा एउटा कन्फ्युजन भएको पाए । त्यसको नतिजा नहेरी त्यसको प्रभाव के हुन्छ, त्यसको परिणाम के हुन्छ, भन्ने कुराको विश्लेषण नगरी आँखा चिम्म गरेर बिचौलिया र भूमाफिया जस्ता पदावली प्रयोग गरेर विरोध गरिएको छ,” उनले भने । 

बाँझो भूमिको सदुपयोग गरेर उत्पादन गर्न चाहने उत्पादक कृषक तथा समूहले भूमि बैंकमार्फत सदुपयोग गरून् भनेर यो अवधारणा प्रस्तुत गरिएको उनको भनाइ छ ।  

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्