site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ । 

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले  जलविद्युत्  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि  चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्