site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमा विवादः प्रदेश १ संसद अवरुद्ध गर्ने तयारी
Siddhartha BankSiddhartha Bank

विराटनगर । प्रदेश १ सरकारले संसदमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय गठन सम्बन्धी विधेयकमा असन्तुष्ट प्रमुख विपक्षी कांग्रेसले प्रदेश संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

सामाजिक विकास समितिमा दफावार छलफलमा पठाइएको विधेयक सत्तापक्षले जसरी पनि पारित गराउने रणनीति बनाएसंगै कांग्रेसले सदनमा विरोधदेखि अवरोध गर्नेसम्मको तयारी थालेको हो । बजेट अधिवेशन सकिनै लाग्दा सरकारले मनमोहन विधेयकलाई पनि चालू अधिवेशनबाटै पारित गर्ने तयारी गरेको छ । तर, विधेयक संसदमा दर्ता भएदेखि नै ‘मनमोहनको नाम र विश्वविद्यालयको अवधारणा नै खुम्च्याउने’ गरी ल्याएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

‘विश्व विद्यालयको अवधारणा भनिएपनि विधेयकमा उल्लेखित कतिपय प्रावधानले टेक्निकल स्कुलभन्दा मास्तिरको व्यवस्था गर्न नसकेको र पार्टी कार्यकर्ता नै भर्ना गर्ने जस्तो देखिएकोले’ यसको विरोधमा कांग्रेसले सदन अवरुद्ध गर्नेसम्मको तयारी गरेको कांग्रेस प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । उनले भने,‘‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको मनमोहन प्रतिष्ठानले संचालन गरेको हालको मनमोहन प्रोलिटेक्नि झैं मनमोहन अधिकारीको नाम र साखलाई नै खुम्च्याउने गरी फेरि बोर्ड आफ गभर्नसले संचालन गर्ने देखिएकोले हामीले यसलाई फराकिलो दायरामा ल्याउन सरकारलाई सुझाएका हौ । तर, हाम्रो मागको सुनुवाई भएको छैन् ।’’ कार्कीले सदनमा विरोध गर्नेदेखि अवरोध गर्नेसम्मको आफूहरुको तयारी रहेको सुनाए ।

Agni Group
NIC Asia

विधेयकले विश्वविद्यालय संरक्षण समितिको अध्यक्ष नै बोर्ड आफ गर्भर्नसको पदेन अध्यक्ष हुने कानुनी व्यवस्था गरेको छ । विधेयकमा बोर्ड अफ गर्भर्नसको भूमिकलाई भने निकै फराकिलो बनाइएको छ । यसले विश्वविद्यालयलाई सुव्यवस्थित तरिकाले संचालन गर्न र गुणस्तरीय शिक्षाको लागि योजना तर्जुमादेखि अनुगमन, सुपरीवेक्षण र निर्देशन दिने अधिकार राख्छ । विश्वविद्यालय सभा, प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को व्यवस्था विधेयकले गरेको छ । 

प्राज्ञिक परिषद्ले अध्ययन, अध्यापन, अनुन्धान र प्रशिक्षण हुने विषयहरुको पाठ्यक्रम निर्माण र स्वीकृति गर्ने, परीक्षाको विधि, प्रक्रिया र मापदण्ड निर्धारण गर्ने, शैक्षिक गुणस्तर निर्धारणी गरी कायम गर्नेलगायत काम गर्नेछ । कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति र सदस्यहरु डीनहरुमध्येबाट दुईजना, शिक्षकहरु मध्येबाट एकजना र रजिष्ट्रार सदस्य सचिव रहने छन् ।

Global Ime bank

यो विश्वविद्यालय सम्बन्धी ऐन प्रारम्भ हुंदाको बखत मनमोहन पोलिटेक्निकको कार्यकारिणीको समितिको अध्यक्षलाई नै संरक्षण समितिको अध्यक्ष बनाइने छ । समितिमा पोलिटेक्निका सदस्यहरु सदस्य, उपकुलपति पदेन सदस्य, रजिस्ट्रार पदेन सदस्य, मनमोहन पोलिटेक्निक स्थापना गराउन योगदान दिनेबाट चारजना सदस्य, समाजसेवी, उद्योगी र चन्दादाताबाट एक एकजना सदस्य रहेन छन् । उनीहरुको पदावधि तीन वर्षको हुनेछ । कुनै सदस्यको पद रिक्त भए अध्यक्षबाट नियुक्त हुने सदस्यको पदावधि पूरा कार्यकालको रहने विधेयकले व्यवस्था गरेको छ ।

विधेयकमा मनमोहन पोलिटेक्निकमा कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई विश्वविद्यालयकै कर्मचारी तथा शिक्षकको रुपमा स्विकार गर्ने र तत्काल खाइपाइ आएको सेवा सुविधामा समेत हेरफेर नगर्ने उल्लेख छ । कुनै विश्वविद्यालय वा शैक्षिक संस्थाको आंगिक शिक्षालय तवा सम्बन्धन प्राप्त शिक्षालयले विश्वविद्यालयको आंगिक शिक्षालयको रुपमा रहन चाहने सम्बन्धित विश्वविद्यालयको अनुमितमिा तोकिएको आधारमा हस्तान्तरण हुन सक्नेछन् । यसबाहेक विश्वविद्यालयले आवश्यकताअनुसार आंगिक शिक्षालय संचालन गर्न सक्नेछ ।

प्रदेश १ सरकारले प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङमा संचलानमा रहेको मनमोहन पोलिटेक्निककै भौतिक संरचना प्रयोग गर्ने गरी मनमोहन प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेको छ । 

हाल अत्याधुनिक भौतिक पूर्वाधारसहित मनमोहन पोलिटेक्निक मोरङको बुढिगंगा गाउँपालिकाको हात्तीमुढामा संचालनमा छ । त्यहाँ विभिन्न संकायमा प्राविधिक विषय पढाइ हुन्छ । प्रदेश सरकारले मनमोहन स्मृति पोलिटेक्निकको साविकको संरचना व्यवस्थापन गर्ने उद्देश्यसहित त्यसलाई प्रदेश सरकारमा हस्तान्तरण गराई विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको हो । 

सामाजिक विकास मन्त्री घिमिरेले अबको युग प्राविधिक विषय र सीपको नै भएकोले त्यस्ता दक्ष जनशक्ति उत्पादन गर्नको लागि पनि प्राविधिक ज्ञान तल्लो कक्षादेखि नै जरुरी हुने बताएका छन् । उनले भने,‘‘युग सुहाउँदो शिक्षा दिलाउनको लागि प्रदेश १ सरकारले प्राविधिक शिक्षालाई व्यवस्थित गर्नकै लागि विश्वविद्यालयको अवधारणा अधि सारिको हो ।’’ विधेयकमा पोलिटेक्निकका साविकको संरचनालाई समेत व्यवस्थापन गर्न आवश्यक भएकोसमेत उल्लेख छ ।  

विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति र सामाजिक विकास मन्त्री सहकुलपति रहने छन् । उपकुलपतिको नियुक्तिका लागि भने बोर्ड अफ गनर्भर्सको अध्यक्षतामा सभाका प्राज्ञिक पृष्ठभूमि भएका संरक्षण समितिका एकजना सदस्य र प्राविधिक उच्च शिक्षामा ख्यातिप्राप्त शिक्षाविद रहेको तीन सदस्यीय समिति गठन हुनेछ । समितिको सिफरिसमा चार वर्षका लागि कुलपतिबाट एकजना उपकुलपति नियुक्त गर्ने विधेयकमा व्यवस्था छ । 

विश्वविद्यालय कोषमा नेपाल सरकारबाट प्राप्त रकम, प्रदेश सरकारबाट प्राप्त चालू खर्चको ६५ प्रतिशत र पूँजीगततर्फको सम्पूर्ण रकम, विश्वविद्यालय अनदान आयोगबाट प्राप्त रकम, संघसंस्था वा व्यक्तिले दिने दान, चन्दा, दातव्य र आर्थिक सहायतास्वरुप प्राप्त रकम ,विद्यार्थी शुल्क, उद्योग सम्बद्ध व्यक्तिबाट प्राप्त साहयोग, अन्तर्राष्ट्रिय संघसंस्था, विदेशी व्यक्ति, ऐजेनसी वा वित्तीय संस्थाबाट प्राप्त सहयोग र ऋणसमेत रहने व्यवस्था विधेयकमा गरिएको छ । 

संसद बैठक स्थगन

प्रदेश १ को आइतबारको लागि डाकिएको संसद बैठक स्थगन गरिएको छ । संसद सचिवालयले सूचना जारी गरी मंगलबारको लागि बैठक तय गरिएको छ । सामाजिक विकास समितिमा जारी मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक उपचरको दफावार छलफलपछि प्रतिवेदन तयार हुने अपेक्षाअनुसार ढिलाइ भएसंगै सदनलाई बिजनेश अभाव भएको समितिका एक सदस्यले बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu