site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छ : कानुनमन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताएका छन् ।

बुधबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढीकरण गर्दै लग्नुपर्ने बताए । उनले कार्यपालिका अथवा कुनै पनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताए ।

उनले न्याय सम्पादनका क्रममा न्यायाधीशहरू कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गरे ।

उनले भने, "नेपालको संविधानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राखेको छ । आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको छ । कार्यपालिका र कुनै व्यक्तिबाट अन्याय भएको खण्डमा सिधै न्यायपालिकामा जाने हो । न्यायपालिकाका श्रीमान्हरूले जसरी बिहान ९ बजेदेखि कहिले कहीँ ढिला भएर साँझ ६/७ बजेसम्म इजलासमा बस्नुपर्ने र घरमा पुगेपछि त्यो फैसलाहरु लेख्दै बस्नुपर्छ । प्रोत्साहन भत्ता नपाउँदा पनि कर्मचारीहरूले समेत कार्यालय समयभन्दा बढी समय काम गर्दै आउनुभएको छ । न्याय क्षेत्रमा सरकारले बजेट पनि दिन सकेको छैन । देशको अवस्था आफैं नराम्रो स्थितिमा रहेको छ । युक्रेन युद्ध र कोरोनादेखि लिएर नेपालमा मन्दी छ ।"

उनले कोरोना कहरदेखि लिएर रुस–युक्रेन युद्धको कारण थालिएको मुलुक विस्तारै ट्र्याकमा आइरहेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro