विदेश
काठमाडौ। अमेरिकी राष्ट्रपति निर्वाचनमा विधिवत् डेमोक्रेटिक पार्टीको उमेदवार घोषित भएपछि गरिएको एउटा मत सर्वेक्षणमा हिलारी क्लिन्टन प्रतिद्वन्द्वीभन्दा ६ प्रतिशतले अगाडि छिन् ।
रोयटर/आईपीएसओएसको सर्भेक्षणमा हिलारीका पक्षमा ४१ प्रतिशत र रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको समर्थनमा ३५ प्रतिशत मतदाता रहेको देखिएको रोयटरले शनिबार जनाएको छ ।
अमेरिकामा राष्ट्रपति पदका लागि आगामी नोभेम्बर ८ का दिन मतदान हुनेछ ।
केही दिन पहिलेको अर्को मत सर्भेक्षणमा ट्रम्प २ प्रतिशतले अगाडि थिए ।
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३ ११:०६
प्रतिक्रिया दिनुहोस्