site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अम्बानीको रिलायन्समा साउदीको अरामको कम्पनीले ७५ अर्ब डलर लगानी गर्दै 
Sarbottam CementSarbottam Cement

बीबीसी । रिलायन्स इण्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले साउदी अरबको चर्चित तेल कम्पनी अरामकोले आरआईएल आयल टु केमिकल कारोबारको २० प्रतिशत शेयर खरिद गर्न लागेको बताएका छन् ।  रिलायन्सको ४२ औं वार्षिक साधारणसभामा अध्यक्ष अम्बानीले अरामकोलाई  आरआईएल आयल टु केमिकल करोबारको २० प्रतिशत शेयर बिक्री गर्न लागेको घोषणा गरेका हुन् । जसका मूल्य ७५ अबै डलर हुन्छ । 

अम्बानीले भने, “मलाई यो घोषणा गर्दा अत्यन्तै खुशी भएको छ कि रिलायन्सको इतिहासमा सबैभन्दा धेरै विदेशी लगानीका लागि सहमति जुटेको छ । रिलायन्स र साउदीको अरामका बीचमा लामो समयका लागि साझेदारीमा सहमति भएको छ ।” आरआईएल आयल टु केमिकल कारोबारको राजश्व पाँच लाख करोड रुपैयाँभन्दा बढी छ । रिलायन्स इण्डस्ट्रिजको जामनगरमा विश्वकै ठूलो रिफाइनिङ कम्पलेक्स छ । जसको उत्पादन क्षमता प्रति दिन १४ लाख ब्यारल छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अम्बानीले कम्पनीका शेयर सदस्यहरुलाई सम्बोधन गर्दै अरामकोले हरेक दिन पाँच लाख ब्यारल तेल रिलायन्सको जामनगर रिफाइनरीमा पठाउने बताए । यो भारतमा विदेशी लगानीको सबैभन्दा ठूलो ‘डिल’ भएको बताइएको छ । 

साउदी अरबको विशाल तेल कम्पनी अरामकोको आम्दानी लामो समयदेखि रहस्यमयी छ । साउदी सरकारले सधै यसको आम्दानीका बारेमा तथ्यहरु लुकाएर राख्दै आएको थियो । तर, यस वर्षको अप्रिलमा आरामकोले लुकाइदै आइएको रहस्य सार्वजनिक गर्दै गएको वर्ष १११.१ अर्ब डलर मुनाफा भएको बताएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC