अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका नीतिगत र बाह्य सुधारले समग्र अर्थतन्त्रमा नै सुधारको आधार बनेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
फागुनसम्मको विप्रेषण आप्रवाह उच्च भएकाले अर्थतन्त्रमा सुधारको आधार तयार भएको उनले बताए । "आर्थिक क्षेत्रमा आएको शिथिलताले बैंकको खराब कर्जा बढेको छ," उनले भने, "तर, बाह्य क्षेत्रमा आएको सुधार र कर्जाको ब्याजदर घटेकाले अर्थतन्त्र चलायमान हुने आधार तयार भएको छ ।"
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्