site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट इन्डिज ‘ए’ का कप्तान भन्छन्– नेपालीको माया पाएका छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाअघि वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्ट्रन्ट चेजले नेपालीको माया पाएको बताएका छन् । शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा वेस्ट इन्डिज ‘ए’ का कप्तान चेजले नेपाल सबै कुरामा राम्रो भएको प्रतिक्रिया दिएका हुन् ।

“अहिलेसम्म सबै कुराहरू राम्रो भइरहेको छ । हामीले यहाँ राम्रो आतिथ्यता पाएका छौँ । यहाँका मानिसहरू राम्रा र सज्जन छन्,” चेजले भने, “हामीलाई भेट्दा उनीहरू कुराकानी गर्छन्, तयारी कस्तो भइरहेको छ भनेर सोध्छन् र फोटो खिच्न पनि अनुरोध गर्छन् । हामी शान्त रहँदै राम्रो क्रिकेट खेल्न चाहन्छौँ । हामीले मैदानमा १५ हजार दर्शक आएको देखेका थियौँ र हामी त्यसका लागि उत्साहित छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई टिमबीचको पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । 

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरिसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय