site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’ को शृंखलाअघि नेपाली टिममा थपिए यी चार खेलाडी 
फाइल तस्बिर ।

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिममा चार खेलाडी थपिएका छन् । शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले टिममा चार खेलाडी थप गरिएको बताएका हुन् । 

सचिव खड्काले नेपाली टिमका विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम र सागर ढकाललाई टिममा समावेश गरिएको बताए । यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज रोस्टन चेजको कप्तानीमा मैदान उत्रिनेछ । चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । 

वेस्ट इन्डिज ‘ए’को उपकप्तानमा चार टेस्ट र १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका २५ वर्षीय एलिक एथानाजे छन् । वेस्ट इन्डिज ‘ए’ र घरेलु टिमबीचको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यी दुई टिमबीचको पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro